नयाँ राजनीतिक दल बनाएर भएपनि निर्वाचनमा लड्ने खानको भनाइ « Khabarhub

नयाँ राजनीतिक दल बनाएर भएपनि निर्वाचनमा लड्ने खानको भनाइ


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाइएको अवस्थामा आगामी आम निर्वाचनमा भाग लिनका लागि नयाँ राजनीतिक दल गठन गर्ने र चुनाव जित्ने बताए पाकिस्तानको अङ्ग्रेजी दैनिक पत्रिका (डन) ले जनाएको छ ।

मे ९ मा भएको देशव्यापी हिंसात्मक प्रदर्शनलाई लिएर धेरै सरकारी अधिकारीहरूले प्रदर्शनमा सम्लग्न प्रदर्शनकारी र पीटीआईमाथि प्रतिबन्ध लगाउन आह्वान गरेका थिए ।

पाकिस्तानका आन्तरिक मामिला मन्त्री राणा सनाउल्लाहले पीटीआईमाथि प्रतिबन्ध लगाउनु नै एकमात्र समाधान भएको बताएका थिए ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तान पिपुल्स पार्टी ९पीपीपी० का अध्यक्ष तथा विदेशमन्त्री बिलावल भुट्टो जरदारीले पनि पीटीआईमाथि प्रतिबन्ध लगाउने कुनै पनि कदमको आफ्नो पार्टीले विरोध नगर्ने बताएका छन्।

निक्केइ एसियाले आफ्नो चुनावी भविष्यमा लगाएको सम्भावित प्रतिबन्धको प्रभावबारे सोधिएको प्रश्नमा इमरानले भने, “यदि उनीहरूले पार्टीमाथि प्रतिवन्ध लगाए भने हामी नयाँ नामको पार्टी बनाउनेछौं र चुनाव पनि जित्नेछौँ ।”

भूतपूर्व प्रधानमन्त्री खानले भने, “यदि उनीहरूले मलाई अयोग्य घोषित गरे र मलाई जेलमा हाले पनि पार्टीले जित्छ ।”

पीटीआई अध्यक्षले आफ्नो समर्थकको आधार ‘अक्षुण्ण’ रहेको र राष्ट्रिय राजनीति’ आधारभूत रूपमा परिवर्तन’ भएको दाबी गरेका छन् ।

खानले आफ्नो पार्टीमाथि जारी कारबाहीबारे भने, “सरकार अझै पनि दलका नेता, कार्यकर्ता र शुभेच्छुकलाई धम्की दिएर हाम्रो शक्तिलाई कमजोर बनाउन खोजिरहेको छ । तर यो असम्भव हुनेछ ।”

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ९ : ४४ बजे

ढुङ्गाले लागेर एकजना मजदुरको मृत्यु

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ स्थित तमोर फाइभ हाइड्रोपावरको आउटलेट सुरुङमार्गमा

चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का

कीर्तिपुर– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका

काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार

आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद

कैलालीमा अध्यागमनको काम रोकिएपछि अर्को नाका प्रयोग गर्दै यात्रु

सुदूरपश्चिम– कैलालीको धनगढीस्थित अध्यागमन कार्यालयमा प्रक्रिया पुर्‍याएर आएका तेस्रो मुलुकका