नयाँ राजनीतिक दल बनाएर भएपनि निर्वाचनमा लड्ने खानको भनाइ « Khabarhub

नयाँ राजनीतिक दल बनाएर भएपनि निर्वाचनमा लड्ने खानको भनाइ


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाइएको अवस्थामा आगामी आम निर्वाचनमा भाग लिनका लागि नयाँ राजनीतिक दल गठन गर्ने र चुनाव जित्ने बताए पाकिस्तानको अङ्ग्रेजी दैनिक पत्रिका (डन) ले जनाएको छ ।

मे ९ मा भएको देशव्यापी हिंसात्मक प्रदर्शनलाई लिएर धेरै सरकारी अधिकारीहरूले प्रदर्शनमा सम्लग्न प्रदर्शनकारी र पीटीआईमाथि प्रतिबन्ध लगाउन आह्वान गरेका थिए ।

पाकिस्तानका आन्तरिक मामिला मन्त्री राणा सनाउल्लाहले पीटीआईमाथि प्रतिबन्ध लगाउनु नै एकमात्र समाधान भएको बताएका थिए ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तान पिपुल्स पार्टी ९पीपीपी० का अध्यक्ष तथा विदेशमन्त्री बिलावल भुट्टो जरदारीले पनि पीटीआईमाथि प्रतिबन्ध लगाउने कुनै पनि कदमको आफ्नो पार्टीले विरोध नगर्ने बताएका छन्।

निक्केइ एसियाले आफ्नो चुनावी भविष्यमा लगाएको सम्भावित प्रतिबन्धको प्रभावबारे सोधिएको प्रश्नमा इमरानले भने, “यदि उनीहरूले पार्टीमाथि प्रतिवन्ध लगाए भने हामी नयाँ नामको पार्टी बनाउनेछौं र चुनाव पनि जित्नेछौँ ।”

भूतपूर्व प्रधानमन्त्री खानले भने, “यदि उनीहरूले मलाई अयोग्य घोषित गरे र मलाई जेलमा हाले पनि पार्टीले जित्छ ।”

पीटीआई अध्यक्षले आफ्नो समर्थकको आधार ‘अक्षुण्ण’ रहेको र राष्ट्रिय राजनीति’ आधारभूत रूपमा परिवर्तन’ भएको दाबी गरेका छन् ।

खानले आफ्नो पार्टीमाथि जारी कारबाहीबारे भने, “सरकार अझै पनि दलका नेता, कार्यकर्ता र शुभेच्छुकलाई धम्की दिएर हाम्रो शक्तिलाई कमजोर बनाउन खोजिरहेको छ । तर यो असम्भव हुनेछ ।”

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ९ : ४४ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार