हावाहुरी र वर्षाले मकै बालीमा क्षति, किसान चिन्तित « Khabarhub

हावाहुरी र वर्षाले मकै बालीमा क्षति, किसान चिन्तित


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीमा हावाहुरी र वर्षाले मकैलगायतका अन्नबालीमा क्षति पुगेको छ । केही दिनदेखिको वर्षासँगै आएको हावाहुरीबाट जिल्लाको दोगडाकेदार, सुर्नया, डिलाशैनी गाउँपालिकाका विभिन्न स्थानमा किसानले लगाएका मकै बालीमा क्षति पुगेको हो ।

पानीसँगै आउने हावाहुरीले मकै, भटमासलगायत अन्न बालीमा क्षति पुगेको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका गणेश विष्टले जानकारी दिए । उनले भने, “पानीसँगै आउने हावाहुरीले मकै, भटमासलगायतमा क्षति पुगेको छ । घोगा लाग्ने तयारीमा रहेका मकैका बोट ढलेर नष्ट भएका छन् ।”

मुख्य खाद्य बालीका रूपमा रहेको मकै बालीमा हावाहुरीले क्षति पुर्याएपछि यहाँका किसान चिन्तित भएका छन् । घोगा लाग्ने तयारीमा रहेका मकैका बोट हावाहुरीले ढलेपछि किसान चिन्तित भएका हुन् । सुर्नयाका किसान केशव बोहराले भने, “घोगा लाग्ने बेलाका मकैमा क्षति पुगेको छ, यसले उत्पादन पनि कमी हुने देखिएको छ ।”

हावाहुरी र वर्षाको प्रभावका साथै वन्यजन्तुले समेत हरेक वर्ष मकै बालीमा व्यापक क्षति पुर्याउने गरेको छ । बैतडी मकै जोन क्षेत्र भए पनि विभिन्न कारणले मकै बालीमा क्षति हुँदै आएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । बाली बीमा नहुँदा किसानले बालीनालीमा क्षति पुग्ने गरेको भए पनि क्षतिपूर्ति पाउँदैनन् । बैतडीमा १४ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा मकैखेती गरिँदै आएको छ ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  १० : ५४ बजे

जेनजी शहीद स्मारक पार्क निर्माण अलपत्र (तस्बिरहरू)

काठमाडौँ– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका

विश्वकपमा स्वीडेनको सानदार सुरुआत, ट्युनिसियामाथि ५ गोलको वर्षा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा स्वीडेनले

जयतु संस्कृतम् दिवस मनाइँदै

काठमाडौँ– नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज विभिन्न

ट्राफिक प्रहरीबाट एकै दिन साढे १० लाख राजस्व संकलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार २५ सवारीचालकलाई सवारी

विष्णु माझीले सरप्राइज शैलीमा सार्वजनिक गरेको गीत ‘झोर्ले हजुर’लाई कमजोर भ्युज

काठमाडौं – गोप्य जीवनशैली र उत्कृष्ट गायन क्षमताले सधैँ चर्चामा