कित्ताकाट खुल्ला गर्ने गरी भू–उपयोग नियमावली पारित गर्ने सरकारको निर्णय « Khabarhub

कित्ताकाट खुल्ला गर्ने गरी भू–उपयोग नियमावली पारित गर्ने सरकारको निर्णय


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले रोकिएको कित्ताकाट खुल्ला गर्ने गरी भू–उपयोग नियमावली पारित गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले रोकिएको कित्ताकाट, नामसारी लगाएत सवै काम फुकाउने गरि भू–उपयोग नियमावली पारित गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । नियमावली पारितभएसंगै कित्ताकाटमा देखिएका अप्ठेरा र झमेलाबाट मुक्त भई सहज रुपमा काम अघि बढ्ने उनले बताए ।

त्यस्तै बैठकले गोरखामा एक व्यक्तिको घरमा फेला परेकोे टल्किने ढुङ्गा ‘क्वार्ज क्रिस्टल’ गोरखा दरबार परिसरमा प्रतिस्थापन गर्ने निर्णय गरेको छ भने अहिलेसम्म उक्त ढुङ्गालाई संरक्षण गर्ने व्यक्तिलाई पुरस्कृत गर्ने निर्णय गरेको मन्त्री ज्वालाले बताए।

बैठकले नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहलाई स्वागत गर्दै निवर्तमान मन्त्री अमललाल मोदीलाई धन्यवाद दिने प्रस्ताव पारित गरेको मन्त्री ज्वालाले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ६ : ५२ बजे

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली