आँखा पाक्ने रोगको सङ्क्रमण घट्दै « Khabarhub

आँखा पाक्ने रोगको सङ्क्रमण घट्दै


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

चितवन- आँखा पाक्ने रोग (कन्जिङटिवाईटिस) का बिरामी घट्दै गएका छन् । रोग फैलिएपछि अस्पतालमा एकाएक वृद्धि भएका आँखाका बिरामीको सङ्ख्या पछिल्ला दिनमा घट्दै गएको हो । आँखा पाक्ने रोग फैलिएपछि अन्य रोगका बिरामी पनि अस्पताल जाने क्रम घटेको छ । अस्पताल जानेमध्ये ६० प्रतिशत हाराहारी आँखा पाक्ने रोगका बिरामी रहेका छन् ।

भरतपुर आँखा अस्पतालका वरिष्ठ प्रशासक दयाशङ्कर चौधरीका अनुसार भरतपुर आँखा अस्पताल र यसअन्तर्गतका अस्पताल तथा आँखा उपचार केन्द्रमा हिजो सोमबार एक हजार चार सय २१ बिरामी उपचारका लागि आएका थिए ।

तीमध्ये आठ सय ३१ जना (५८ दशमलव ४८ प्रतिशत) आँखा पाक्ने रोगका बिरामी छन् । भरतपुरमा रहेको मुख्य अस्पतालमा पाँच सय ४६ बहिरङ्ग (ओपिडी) का बिरामी आएकोमा एक सय ६६ आँखा पाक्ने रोगका रहेका थिए । यस हिसाबले ३० दशमलव ४० प्रतिशत मात्रै आँखा पाक्ने रोगका बिरामी छन् । सेकेण्डरी आँखा अस्पताल ठोरीमा दुई सय २० बिरामीमध्ये एक सय ४४ जना (६५ दशमलव ४५ प्रतिशत) आँखा पाक्ने रोगका छन् ।

भरतपुर ओरालोमा रहेको सिटी क्लिनिकमा एक सय चार जना बिरामी मध्ये ८२ जना (७८ दशमलव ८५ प्रतिशत) आँखा पाक्ने रोगका आएका छन् । अस्पतलका चितवन, धादिङ, तनहुँ, नवलपरासी, सर्लाहीमा रहेका १४ वटा आँखा उपचार केन्द्रमा पाँच सय ५१ बिरामी बहिरङ्गमा आएकामध्ये चार सय ३९ जना (७९ दशमलव ६७ प्रतिशत) आँखा पाक्ने रोगका छन् ।

आइतबार एक हजार एक सय ९८ बिरामी बहिरङ्ग सेवामा थिए । तीमध्ये सात सय १८ जना (५९ दशमलव ९३ प्रतिशत) आँखा पाक्ने रोगका रहेका चौधरीले जानकारी दिए । अघिल्लो आइतबार अस्पताल र मातहतका केन्द्रमा दुई हजार तीन सय ५७ जनाले सेवा लिएका थिए । त्यसमध्ये ६० प्रतिशत हाराहारी आँखा पाक्ने रोगका थिए ।

अघिल्लो हप्ताभन्दा यस हप्ता बिरामीको सङ्ख्यामा कमी आएको छ । चौधरीले अस्पताल आउने ६० प्रतिशत हाराहारी बिरामी आँखा पाक्ने रोगका रहेका जानकारी दिए । आँखा पाक्ने रोगका बिरामीको सङ्ख्या घट्दै गएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ९ : ५७ बजे

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम

युरोपा लिगमा बर्नमथको शानदार सुरुवात: रियल सोसिडाड २-१ ले पराजित

काठमाडौँ – वित्तीय संकटका कारण कुनै समय लिगबाटै पछि पर्ने

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा