बाढीले बगरमा परिणत हुँदै कुतियाकबर | Khabarhub Khabarhub

बाढीले बगरमा परिणत हुँदै कुतियाकबर


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका खड्के बुढाको परिवार विसं २०३९ मा जाजरकोटबाट बसाइँसरी यहाँ आएको थियो । जाजरकोटमा पहिरोले उठीबास लगाएपछि बुढाको परिवार कुतियाबर झरेको थियो ।

चार दशकअघि कुतियाकबर आउँदा बुढा १२ वर्षका मात्रै थिए । जाजकोटबाट पहिराले लखेटिएका बुढाको परिवारलाई प्राकृतिक विपत्तिले यहाँ पनि दुःख दिइरहेको छ । विसं २०४० मा महाकालीमा आएको भीषण बाढीले बुढाको घरखेत, अन्नपात सबै बगायो ।

“सात दिनरात ठूलो बाढी आएको थियो, अन्नपात जमिन सबै लग्यो, धौधौ ज्यान जोगायौँ”, ४० वर्षअघिको बाढी सम्झदै बुढा भन्छन्, “त्यति बेलादेखिको कटान, बाढीको समस्या अझै समाधान भएको छैन ।”

वर्षौंदेखि बाढीको समस्या झेल्दै आएका बुढालाई कुतियाकबरबाट पनि विस्थापित हुनुपर्ने होकि भन्ने चिन्ताले सताउन थालेको छ । बाढीले बर्सेनि जमिन कटान गरिरहेको छ । “अब खेतीपातीका लागि जमिन छैन, नेपाल–भारत सीमा नजिक दशगजा क्षेत्रमा एक कट्ठा जमिनमा घर मात्रै बाँकी छ”, उनले भने, “यस्तै रह्यो भने यहाँ कसरी बस्ने ? फेरि विस्थापित हुनुपर्ने अवस्थामा आइसक्यो ।” बुढा हाल भाडामा जमिन लिएर खेतीपाती गर्दै आएका छन् ।

बुढाजस्तै भारतीय नागरिक कार्तिक मण्डलको पनि समस्या छ । कुतियाकबर पारी भारतीय बस्ती नौजलियाका मण्डलसँग पनि खेतीका लागि जमिन छैन । बसोबासका लागि एउटा सानो झुप्रो मात्रै छ । उनी वर्षौंदेखि कुतियाकबरमा जमिन भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् । महाकाली नदीले जमिन कटान गरेर बगर बनाएको उनको भनाइ छ ।

“दुई एकड जमिन लिजमा लिएको थिएँ, महाकालीले बगाएर आधा मात्रै बाँकी छ”, उनले भने, “जोगबुढा र महाकाली नदीले यहाँको खेतीयोग्य जमिनलाई बगर बनाउँदैछ ।”

कुतियाकबरकै लालबहादुर खड्काको पनि करिब तीन बिघा जमिन महाकालीले बगायो । उनी डोटीबाट दशकअघि कुतियाकबर झरेका थियो । “सुरुआतमा यहाँ जंगल थियो, राजाले बस्ती खोलेपछि बुवा जङ्गल फाडेर बस्नुभएको हो”, लालबहादुर सुनाउँछन्, “डेढ÷दुई बिघा जोगबुढा नदीले लग्यो, त्यतिकै महाकालीले पनि ।” जोगबुढा र महाकाली नदीको बाढीले कुतियाकबरका सयौँ परिवारको उठीबास भएको छ । कुतियाकबरको उर्वराभूमि बाढीले बगरमा परिणत भइरहेको छ ।

विसं २०२४ देखि कुतियाकबरमा मानव बस्ती विकास भएको थियो । त्यसबेला करिब एक सयभन्दा बढी परिवार कुतियाकबरमा बस्थे । अहिले बाढीकै कारण विस्थापित भएर ४२ परिवारमात्रै छन् । यो नेपालको पश्चिमी दक्षिणी अन्तिम सीमा हो । सदरमुकामबाट टाढा रहेको यस भूभागका स्थानीयले राज्य भएको अनुभूति गर्न नपाएको गुनासो गरिरहनछन् ।

जोगबुढा र महाकाली नदीले घेरिएको यो टापुका बासिन्दालाई बर्सेनि बाढीले सताउने गरेको छ । सयौँ बिघा खेतीयोग्य जमिन बगर बनिसकेको छ । बर्खायाम लागेसँगै कुतियाकबरका बासिन्दा त्रसित हुन्छन् । महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण हरेक वर्ष सास्ती भोग्छन्, उनीहरू ।

पानी परेको रात जाग्राम बस्नुपर्ने यहाँका मानिसको बाध्यता हो । उनीहरूलाई बाढीको त्रासले ज्यान, घरखेत जोगिन्छ कि जोगिँदैन भनेर पिरोलिरहन्छ । “बर्खा लागेपछि यहाँ बस्न गाह्रो हुन्छ, रातभर जाग्राम बसेर नदीमा पानीको बहाव हेरिरहनुपर्छ”, स्थानीय वसन्ती सुनारले भनिन्, “बाढी आयो भने सिधै बस्ती पस्छ, कुन बेला के हुन्छ थाहा छैन, त्रासै त्रासमा बस्नुपरेको छ ।”

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ४ : ५६ बजे

स्वास्थ्य मन्त्रालयको आर्थिक कारोबार थप पारदर्शी बनाउन कार्यविधि

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालय अन्तर्गतका कार्यालयहरूको आर्थिक

रास्वपाको निर्णय‍- भिजिट भिसा प्रकरणमा संसदीय समिति नबनेसम्म आन्दोलन रोकिँदैन

भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन

रेशमले पारित गराए रञ्जितालाई अध्यक्षबाट हटाउने प्रस्ताव, बुवा लालवीरलाई नेतृत्वमा ल्याउने तयारी

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका पाटेबाघहरू नामकरण गरिए

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका पाटेबाघको पहिचान तथा सहजताका लागि

उद्योग मन्त्रालयद्वारा तीन जना विज्ञ सदस्य नियुक्त

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन जना ‘बोर्ड अफ