हेटौँडामा इन्जिनियरिङ क्याम्पस आवश्यक : सांसद सिंह « Khabarhub

हेटौँडामा इन्जिनियरिङ क्याम्पस आवश्यक : सांसद सिंह


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- मकवानपुरका प्रतिनिधिसभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले हेटौँडामा इन्जिनियरिङ क्याम्पसको आवश्यकता रहेको बताएका छन् ।

मकवानपुर बहुमुखी क्याम्पसको १७औँ क्याम्पस सभालाई सम्बोधन गर्दै उनले जिल्लाका विद्यार्थी इन्जिनियरिङ अध्ययनका लागि अन्यन्त्र धाउनुपर्ने समस्यालाई दृष्टिगत गर्दै औद्योगिक नगरी हेटौँडामा इन्जिनियरिङ कलेजको अवधारणाका लागि पहल गरिरहेको जानकारी दिए ।

मयूरधाप औद्योगिक क्षेत्रको काम अन्तिम चरणमा पुगेको जनाउँदै सिंहले औद्योगिक नगर भनेर चिनिने हेटौँडामा इन्जिनियरिङ कलेज स्थापना गर्न सके दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने बताए । शिक्षा क्षेत्रमा मकवानपुर क्याम्पसले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले इमान्दारिताका साथ काम गर्ने हो भने शिक्षा क्षेत्रमा मकवानपुरले इतिहास बनाउने बताए ।

मकवानपुरका प्रतिनिधिसभा सदस्य एंव नेकपा एमालेका सचेतक महेश बर्तौलाले निःशुल्क शिक्षा आवश्यक रहेको बताए । सामुदायिक क्याम्पसमध्ये मकवानपुर क्याम्पसले शिक्षा क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा खेलेको भूमिकाको प्रशंसा गर्दै उनले उच्च शिक्षामा पनि निःशुल्क गराउन सके कोही पनि शिक्षाबाट वञ्चित हुन नपर्ने बताए ।

सचेतक बर्तौलाले विद्यार्थीहरुका लागि सहुलियत शिक्षामा सरकारले चासो राख्नुपर्नेमा जोड दिए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेलको अध्यक्षतामा भएको सभामा पौडेलले क्याम्पसका वार्षिक प्रगति प्रतिवेदन तथा कार्ययोजना प्रस्तुत गरेका थिए । त्यस्तै कोषाध्यक्ष हिरालाल श्रेष्ठले रू २४ करोड ९८ लाख ६९ हजार तीन सयको चालु आव २०८०–८१ को अनुमानित आयव्यव प्रस्तुत गरेका थिए ।

लेखा समितिको प्रतिवेदन संयोजक हरिप्रसाद हुमागाईँले क्याम्पसमा व्यवस्थापकीय धेरै कमजोरी रहेको बताउँदै आर्थिक अवस्थालगायत समग्र पक्षको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । क्याम्पस सेवा समिति सभापति बद्रीप्रसाद लम्सालले सेवा समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा क्याम्पसका पूर्वअध्यक्ष एवं पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ लगायतले मकवानपुर क्याम्पसको शैक्षिक अवस्थाको विषयमा भनाइ राखेका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ५ : ०० बजे

गगन थापाको चेतावनी- प्राथमिकता नतोकिएको संविधान संशोधनले देशलाई द्वन्द्वमा धकेल्न सक्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्पष्ट प्राथमिकता र उद्देश्यबिना संविधान

‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारी जग्गाको विवरण उपलब्ध गराउन मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना मातहतका सबै निकायलाई

बजार ओरालो लागेपछि सेबोनले आश्वासन दिँदै भन्यो, आगामी साता ‘पुँजी बजार विकास मार्गचित्र’ सार्वजनिक गर्छौँ

काठमाडौं– सेयर बजार निरन्तर ओरालो लागेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकबाट ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो