राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड « Khabarhub

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड


२९ भदौ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । माछापुच्छ्रे बैंकले बालुवाटारमा रहेको नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ सेवा शुरू गरिएको बैंकले जनाएको छ ।​

बैंकका अनुसार नेपालीहरूको महान चाड वडा दशैंमा नयाँ नोट सटही गर्न चाहने सेवाग्राहीलाई केन्द्रित गर्दै क्यूआर कोड सञ्चालनमा ल्याइएको हो । उक्त सेवा राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्य र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले शुक्रवार संयुक्तरुपमा उद्‌घाटन गरेका हुन् ।

उक्त सेवाबाट राष्ट्र बैंकमा नयाँ नेपाली नोट सटही गर्न आउने सेवाग्राहीहरूले क्यूआरमार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्ने छन् ।

जसले गर्दा सेवाग्राहीहरूको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने बैंकको विश्वास छ । यस बाहेक बैंकले फरक–फरक माध्यमहरू मार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरूका लागि नवीन उत्पादन र सेवाहरू ल्याइरहेको छ । ​

नगदरहित बैकिङ्गलाई बढावा दिँदै पहिलो डिजिटल ‘स्मार्ट बैंक’को रुपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा बैंक निरन्तर अगाडि बढिरहेको छ ।

प्रकाशित मिति : २९ भदौ २०८०, शुक्रबार  ९ : ०७ बजे

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको