पाकिस्तानमा धार्मिक अल्पसङ्ख्यकविरुद्ध ज्यादती अझै रोकिएन, इसाई धर्मगुरुमाथि गोली प्रहार « Khabarhub

पाकिस्तानमा धार्मिक अल्पसङ्ख्यकविरुद्ध ज्यादती अझै रोकिएन, इसाई धर्मगुरुमाथि गोली प्रहार


२९ भदौ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा धार्मिक अल्पसङ्ख्यकविरुद्ध ज्यादतीका घटनामा अझै कमी आउन सकेको छैन । हालै पाकिस्तानको फैसलावाद सहरमा एक जना इसाई धर्मगुरुमाथि गोली प्रहार भएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार फैसलावाद नजिकै रहेको जहरानवाला तहसिलस्थित म्योङ साङ नजारेथ गिर्जाघरमा कार्यरत धर्मगुरु रेभरेन्ड फादर एलाजार सिद्धुमाथि गोली प्रहार गरिएको हो ।

गोली लागी उनी घाइते भएको डनले जनाएको छ । गिर्जाघरमा धार्मिक कार्य सकेर घर फर्किँदै गरेको अवस्थामा उनीमाथि गोली प्रहार भएको हो ।

केही समयअघि उनको गिर्जाघरमा तोडफोड गरी आपत्तिजनक धार्मिक नारा लेखिएको र प्रहरीको सहयोगमा उक्त नारा हटाएपछि केही व्यक्तिहरुले उनको ज्यान लिने धम्की दिएका थिए ।

घटनाबारे अनुसन्धान थालिएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २९ भदौ २०८०, शुक्रबार  १ : ५२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको