विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ | Khabarhub Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशका विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ परेका छन्। कञ्चनपुर, बेलौरी नगरपालिका–१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय १० मिलिग्रामसहित दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँ बस्ने २३ वर्षीय सन्तोष राना र २२ वर्षीय सिवा राना रहेका छन्। इलाका प्रहरी कार्यालय बेल्डाडीबाट खटिएको प्रहरीले से।५ प ८४६० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

यस्तै सुनसरी, दुहबी नगरपालिका(३ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन २० ग्राम २ सय ७० मिलिग्रामसहित दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दुहबी नगरपालिका-५ बस्ने २९ वर्षीय श्याम कुमार साह र सोही नगरपालिका-३ बस्ने २८ वर्षीय मनिष खुलाल रहेका छन्।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट खटिएको संयुक्त टोलीले को.११ प २८९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१६ जुनेली पथ डेरा गरी बस्ने २२ वर्षीय शेर बहादुर सुनुवार र सोही ठाउँ पुरानो बजार बस्ने ३३ वर्षीय सुसन श्रेष्ठलाई नियन्त्रित लागूऔषध स्पास्पेन ४ हजार १ सय ट्याब्लेट र ट्रामाडोल ४ हजार ४ सय क्याप्सुलसहित शनिबार दिउँसो कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।

बर्दिया, गुलरीया नगरपालिका–११ गणेशपुर बोर्डरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय ६० मिलिग्रामसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मधुबन नगरपालिका–८ बस्ने ३३ वर्षीय राम बहादुर थारु र राजापुर नगरपालिका- १० बस्ने २१ वर्षीया सुनिता सिंह ठकुरी रहेका छन्। प्रहरी चौकी महमदपुरबाट खटिएको प्रहरीले भारत लौकाईबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

यसैगरी बर्दिया, मधुबन नगरपालिका–२ ओरालीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्रामसहित सोही नगरपालिका–२ बस्ने २१ वर्षीय दिनेश नेपालीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। साथै घटनामा संलग्न शंकास्पद १ जनालाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ८ : ३१ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये