नौमती बाजा संरक्षण गर्दै बागलुङ नगरपालिका « Khabarhub

नौमती बाजा संरक्षण गर्दै बागलुङ नगरपालिका


२९ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

बागलुङ- पछिल्लो समय युवापुस्ताको पलायनका कारण लोप हुने अवस्थामा पुगेको नौमती बाजा बागलुङ नगरपालिकामा संरक्षण गर्न थालिएको छ । सिगानास्थित लामिचौरको दलित बस्तीमा नौमती बाजा संरक्षणका लागि बागलुङ नगरपालिकाले चासो दिएको हो । नौमती बाजा संरक्षणका लागि सिगानाको नौमती बाजा समूहलाई बाजाका सामग्री सहयोग गरेको छ ।

बागलुङ–८ सिगाना लामीचौरमा रहेको दलित समुदायभित्र रहेको नौमती बाजा संरक्षण गर्नका लागि उक्त बाजा सहयोग गरिएको हो । पुस्ता हस्तान्तरण अभावमा नौमती बाजा लोप हुन थालेपछि बागलुङ नगरपालिकाले नगरस्तरीय रु तीन लाख बजेटमार्फत दुई समूहलाई नौमती बाजा खरिद गरी वितरण गरेको नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए ।

बाजा प्राप्त गर्दा संरक्षण र आयआर्जन दुवैमा फाइदा पुग्ने नौमती बाजा वितरण समितिका अध्यक्ष जब्बरबहादुर नेपालीले बताए । उनका अनुसार दलित समुदायभित्र दुई समूहले नौमती बाजा बजाउने गर्दछन् । नौमती बाजा संरक्षण हुन नसक्दा आयआर्जनमा समस्या हुन थालेकाले नगरपालिका संस्थागत रूपमै नौमती बाजा संरक्षणमा जुटेको बागलुङ–८ सिगानाका वडाध्यक्ष राजु कार्कीले बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ८ : ४० बजे

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम

किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, एक जनाको मृत्यु, छ घाइते

किएभ- युक्रेनको राजधानी किएभमा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी एक जनाको

महँगीले खर्चिलो बन्दै छ दसैँ

काठमाडौं– काठमाडौं उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने

ग्रिनल्यान्डमा तेल, ग्यास र खनिजको खोजी चाँडै सुरु हुनेछ : ट्रम्प 

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा ठूलो परिमाणमा तेल,

प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया लम्बियो, थप अध्ययन गरिने

काठमाडौँ- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया