मधेशमा ‘भरदुतीया’ मनाइँदै | Khabarhub Khabarhub

मधेशमा ‘भरदुतीया’ मनाइँदै


२९ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

धनुषा- मधेशमा ‘भरदुतीया’ पर्व मनाइँदै छ । भाइटीका जस्तै मधेशमा भरदुतीया मनाउने परम्परा छ । यस पर्वमा भाइटीकाभन्दा केही विधि भने फरक रहेको छ । यस पर्वलाई भाइदुज, भरदुतीया, भ्रातृद्वितीया पनि भन्ने गरिन्छ ।

दिदीबहिनीले दाजुभाइको गलामा मखमली माला र निधारमा सप्तरङ्गी टीका लगाइदिएपछि दाजुभाइले दिदीबहिनीलाई नगद, कपडालगायत उपहार दिन्छन् । यस दिन दाजुभाइ दिदीबहिनीको घरमा भार (मिठो पकवानसहित सनेस) लिएर पुग्ने चलन छ ।

भरदुतीयामा दिदीबहिनीले घरआँगन लिपेर चोख्याउँछन् । आँगनमा पिर्का राखेर त्यसमाथि अरिपन (माटो घोलेर बनाइने मैथिली चित्र) बनाएर सिन्दूरको थोपा लगाइन्छ ।

दिदीबहिनीले दाजुभाइको गोडा पानीले धोइदिन्छिन् र अरिपन दिएको पिर्कामा बसाउँछन् । त्यसपछि दाजुभाइको अञ्जुलीमा पानको पात, सुपारी, फलफूल राखिदिन्छन् । पानी चुहाउँदै परिक्रमा गर्छन्, जसलाई न्यौत ९निमन्त्रण दिनु० भनिन्छ ।

त्यसपछि दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरङ्गी टीका र माला लगाइदिएर दीर्घायुको कामना गर्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार रुपैयाँ, गरगहना, लुगा सनेस (उपहार) दिने चलन छ ।

आजकै दिनदेखि छठ पर्वको आरम्भ भएको मानिन्छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ३ : ४७ बजे

किसानलाई चैते धान भित्र्याउने चटारो

तनहुँ- तनहुँका किसान चैते धान भित्र्याउने चटारोमा रहेका छन् ।

क्लब विश्वकप – पेनाल्टीको सदुपयोग नगर्दा रियल म्याड्रिड बराबरीमा रोकियो

काठमाडौं – अमेरिकामा जारी फिफा क्लब विश्वकपमा रियल म्याड्रिडले एसियाली

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

आमिरको पक्षमा सेन्सर बोर्डकाे निर्णय, ‘सितारे जमिन पर’ले पायो प्रदर्शन अनुमति

काठमाडौं – बलिउड नायक आमिर खानको फिल्म ‘सितारे जमिन पर’ले