टाइगर ३ मन्डे टेष्टमा सुपरहिट | Khabarhub Khabarhub

टाइगर ३ मन्डे टेष्टमा सुपरहिट


२९ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.2k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सलमान खान र कट्रिना कैफ अभिनीत टाइगर ३ मन्डे टेष्टमा पास मात्रै होइन सुपरहिट साबित भएको छ । रिलिजको पहिलो सोमबार फिल्मले ५७ करोड ५० लाख रुपैयाँ कमाएको छ ।

यो कमाई शाहरुख खानको पठान र जवान र दक्षिण भारतीय सुपरस्टार प्रभासको बाहुबली २ को हिन्दी संस्करणले पहिलो सोमबार कमाएको भन्दा धेरै हो ।

पहिलो दिनको कारोबारमा फिल्मले ४४ करोड ५० लाख रुपैयाँ मात्रै कलेक्शन गरेको थियो । दुई दिनको कारोबारमा फिल्मले १ अर्ब २ करोड रुपैयाँ कमाएको छ ।

यो वर्ष अहिलेसम्मको अवधिमा दोस्रो दिनको कारोबारमा टाइगर ३ जवान र गदर २ लाई समेत उछिनेर दोस्रो धेरै कमाउने फिल्म बनेको छ । पठानको दोस्रो दिनको कमाइ ७० अर्ब ५० करोड रुपैयाँ थियो । जवान र गदर २ ले रिलिज भएको दोस्रो दिनमा ५३ करोड र ४३ करोड ८० लाख रुपैयाँ कमाएका थिए ।
टाइगर ३ यही रफ्तारमा अगाडि बढ्यो भने यो सलमान र कट्रिनाको सबैभन्दा ठुलो फिल्म बन्ने देखिन्छ । जोयाको भूमिकामा कट्रिनाले पनि राम्रो रेस्पोन्स पाइरहेकी छिन् । इमरान हाशमीलाई खलनायकको रुपमा पनि दर्शकले मन पराएका छन् । फिल्ममा शाहरुख खानको क्यामियो पनि छ ।
स्रोत एएनआइ

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ५ : ५१ बजे

आज साउथ अस्ट्रेलियासँग दुई टी-२० प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले अहिले साउथ

अब पोखराबाट सिधा अस्ट्रेलिया उडान

काठमाडौं – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया उडान हुने भएको छ।

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ १२ गते बिहीबार। भाद्र

आज २०८२ साल भदौ १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १२ गते बिहीबार। भाद्र