अलपत्र गाईबाच्छाको उद्धार र संरक्षणमा जोड « Khabarhub

अलपत्र गाईबाच्छाको उद्धार र संरक्षणमा जोड


२९ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – असहाय गाईबाच्छा संरक्षण अभियानले काठमाडौँ उपत्यकालाई असहाय गाईबाच्छामुक्त क्षेत्रका रूपमा विस्तार गर्न हरेक पालिकामा सुविधासम्पन्न काञ्जी हाउस स्थापना हुनुपर्ने माग गरेको छ । सडकमा गाईवस्तु अलपत्र छाड्ने प्रवृत्ति अन्त्यका लागि सो अभियानले कानुनी वकालत गर्दै आएको छ ।

काठमाडौँ महानगरपालिकाले सडकमा अलपत्र परेका गाईबाच्छाको उद्धारका लागि दक्षिणकालीमा काञ्जी हाउस निर्माण र सञ्चालनमा ल्याएकामा खुसी व्यक्त गर्दै अभियानका अध्यक्ष उत्तम पुडासैनीले सडकमा गाईबाच्छा छाड्दा उनीहरूलाई रोग सम्भावना हुने भएकाले काञ्जी हाउसमा लगेर स्वास्थ्य परीक्षण गरी रोगी पाइएमा क्वारेन्टिनमा राख्न आग्रह गरे।

अभियानले हालसम्म करिब दुई सय अलपत्र गाईबाच्छालाई उद्धार गरी कागेश्वरी मनहरा नगरापलिको गोठाटारस्थित गौचरणमा आश्रय दिँदै आएको छ । अध्यक्ष पुडासैनीले उनीहरूलाई खाना, छाना, उपचार र माया दिन सबैमा आग्रह गर्दै जसले उद्धार गरेर ल्याइदिए पनि आफूहरूले संरक्षण दिने बताए।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ५ : ५३ बजे

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम

किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, एक जनाको मृत्यु, छ घाइते

किएभ- युक्रेनको राजधानी किएभमा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी एक जनाको

महँगीले खर्चिलो बन्दै छ दसैँ

काठमाडौं– काठमाडौं उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने

ग्रिनल्यान्डमा तेल, ग्यास र खनिजको खोजी चाँडै सुरु हुनेछ : ट्रम्प 

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा ठूलो परिमाणमा तेल,

प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया लम्बियो, थप अध्ययन गरिने

काठमाडौँ- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया