अलपत्र गाईबाच्छाको उद्धार र संरक्षणमा जोड « Khabarhub

अलपत्र गाईबाच्छाको उद्धार र संरक्षणमा जोड


२९ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – असहाय गाईबाच्छा संरक्षण अभियानले काठमाडौँ उपत्यकालाई असहाय गाईबाच्छामुक्त क्षेत्रका रूपमा विस्तार गर्न हरेक पालिकामा सुविधासम्पन्न काञ्जी हाउस स्थापना हुनुपर्ने माग गरेको छ । सडकमा गाईवस्तु अलपत्र छाड्ने प्रवृत्ति अन्त्यका लागि सो अभियानले कानुनी वकालत गर्दै आएको छ ।

काठमाडौँ महानगरपालिकाले सडकमा अलपत्र परेका गाईबाच्छाको उद्धारका लागि दक्षिणकालीमा काञ्जी हाउस निर्माण र सञ्चालनमा ल्याएकामा खुसी व्यक्त गर्दै अभियानका अध्यक्ष उत्तम पुडासैनीले सडकमा गाईबाच्छा छाड्दा उनीहरूलाई रोग सम्भावना हुने भएकाले काञ्जी हाउसमा लगेर स्वास्थ्य परीक्षण गरी रोगी पाइएमा क्वारेन्टिनमा राख्न आग्रह गरे।

अभियानले हालसम्म करिब दुई सय अलपत्र गाईबाच्छालाई उद्धार गरी कागेश्वरी मनहरा नगरापलिको गोठाटारस्थित गौचरणमा आश्रय दिँदै आएको छ । अध्यक्ष पुडासैनीले उनीहरूलाई खाना, छाना, उपचार र माया दिन सबैमा आग्रह गर्दै जसले उद्धार गरेर ल्याइदिए पनि आफूहरूले संरक्षण दिने बताए।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ५ : ५३ बजे

खाँदबारीमा सेकाहा महोत्सव सुरु

खाँदबारी– यहाँको खाँदबारी नगरपालिका–४ स्थित सेकाहामा आजदेखि ‘ऐतिहासिक सेकाहा महोत्सव’ सुरु

बालेनले केपीसँग भिड्न खोजेको झापा ५ : अहिले पनि सजिलो छैन एमालेलाई हराउन

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राजनीतिमा उत्रिँदै गर्दा झापा

ढुङ्गाले लागेर एकजना मजदुरको मृत्यु

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ स्थित तमोर फाइभ हाइड्रोपावरको आउटलेट सुरुङमार्गमा

चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का

कीर्तिपुर– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका

काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार