मादीनदीमा तटबन्ध निर्माणपछि जोखिममुक्त « Khabarhub

मादीनदीमा तटबन्ध निर्माणपछि जोखिममुक्त


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

तनहुँविसं २०७८ भदौ ९ गते मादीनदीमा आएको बाढीले धेरै घर जोखिम बनायो । व्यास–५ पाटनमा एक सय दुई मिटर र व्यास–३ को भतेरीमा दुई सय ५८ मिटर लामो तटबन्ध निर्माण गरेपछि हाल उक्त क्षेत्र जोखिममुक्त बनेको छ ।   

तटबन्ध निर्माणपछि पाटन क्षेत्रका छ सयभन्दा बढी परिवारले सुरक्षाको अनुभूति गर्न थालेका छन् । व्यास–५ पाटन टोल विकास संस्थाका पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठ नदी कटानका कारण व्यास–५ पाटनका छ सय ६३ र व्यास व्यास–३ भतेरीका चार सय परिवार बाढीको जोखिमबाट मुक्त भएका बताउँछन् । व्यास नगरपालिकाको पहलमा गण्डकी प्रदेश सरकारको रु दुई करोड ५० लाखको लागतमा तटबन्ध निर्माण गरिएको हो । 

‘स्थानीयबासी वर्षाको समयमा ढुक्क भएर सुत्न र बस्न सक्ने भएका छन्’, पूर्वअध्यक्ष श्रेष्ठले भने। तटबन्ध निर्माणपछि नदी प्रभावित क्षेत्रका बासिन्दा खुसी भएका छन् । नदी कटानले गर्दा पाटन र तल्लो पाटन क्षेत्रका करिब एक दर्जन सङ्घसंस्थाका भौतिक संरचनासमेत धरापमा परेको व्यास नगरपालिका सूचना अधिकारी कुमारकञ्चन जिसीले बताएका छन् । 

व्यास–३ को भतेरीमा तटबन्ध निर्माण गरेपछि तनहुँ  सदरमुकाम दमौली बजार पनि सुरक्षित भएको छ । यसअघि नदीले करिब ३० मिटर क्षेत्र कटान गरी नदी किनारमा लगाइएका बाँसको गाँजसमेत ढालेर बस्तीतर्फ मोडिएको  थियो । व्यास–६ शिशाघाटदेखि व्यास–५ पाटनसम्म करिब सोह्र किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण कार्य भइरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका इन्जिनियर पुष्पराज श्रेष्ठले जानकारी दिए । 

सिद्धान्त अमन निर्माण कम्पनीले प्याकेज–१ रु आठ करोड ६३ लाखमा र प्याकेज–२ रु नौ करोड ३५ लाखमा काम गरिरहेको छ । उक्त योजनाको हालसम्म ४८ प्रतिशत प्रगति भएको डिभिजन प्रमुख प्रकाश लम्सालले जानकारी दिए । 

विसं २०८१ भदौसम्म योजना सम्पन्न गर्ने लक्ष्य छ । मादी नदीले कटान गरी जोखिम बनाएको पाटन, दमौली, सिसाघाट बजार, कलेस्ती बजार तथा गौ संरक्षण क्षेत्रलाई संरक्षण गर्न काम भइरहेको व्यासका नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताए ।   

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  १० : ०८ बजे

वर्षायाममा पुनर्निर्मित बीपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण

होर्मुज बन्द : विश्व बजारमा दबाब

एजेन्सी– इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ प्रतिशत

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को आठ

कालोपट्टी बाँधेर सडकमा जेन-जी : कार्की आयोगको पूरा प्रतिवेदन खै ? 

काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले

ट्रम्प-सी भेटअघि उच्चस्तरीय प्रतिनिधिहरूबीच व्यापार वार्ता 

एजेन्सी– अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापारिक तनावलाई व्यवस्थापन