तत्काल १० कित्ते नीतिमा परिवर्तन नहुने | Khabarhub Khabarhub

तत्काल १० कित्ते नीतिमा परिवर्तन नहुने


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल धितोपत्र बोर्डले तत्काल १० कित्ते नीतिमा परिवर्तन नगर्ने भएको छ ।

आज नबिल स्टक डिलर लिमिटेडको उद्घाटनमा बोल्दै धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले १० कित्ते नीतिमा परिवर्तन नहुने बताएका हुन् ।

अहिले अध्ययनको लागि समिति बनेको र उक्त समितिले दिएको प्रतिवेदनअनुसार हुने उनको भनाई छ ।

धितोपत्र बोर्डले सदस्य प्रवीणकुमार झाको संयोजकत्वमा समिति बनाएको थियो । समितिमा बोर्ड सदस्य भोलानाथ ढुंगाना, कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र उपकार्यकारी निर्देशक अम्बिकाप्रसाद गिरी सदस्य छन् ।

समितिले आईपीओमा न्यूनतम १० कित्ते नीतिसम्बन्धी व्यवस्था पुनरवलोकनका लागि अध्ययन गर्नेछ । अध्ययनबाट यथावत राख्ने कि हटाउने भन्ने सुझाव पेश हुनेछ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ४ : ३५ बजे

मिडिया काउन्सिल विधेयक माथि संशोधनकर्तासँग छलफल

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा

देवघाटमा विद्युतीय शवदाह सञ्चालन हुँदै

चितवन– पवित्र धार्मिक तीर्थस्थल देवघाटमा सात वर्षअघि निर्माण थालिएको विद्युतीय

चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता

काठमाडौं- चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टर सीएनएनआइसीले सोमबार सार्वजनिक गरेको

चाक्सीबारी बैठक : संविधान संशोधनबारे बहस चलाउनुपर्ने निष्कर्ष

काठमाडौं– नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूले संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण हुने गरी

ओलीको चेतावनी- विद्या भण्डारीको पक्षमा बोल्दै नहिँड्नु, नत्र कारबाही हुन्छ

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली