पाकिस्तानलाई हराउँदै युएई यू-१९ एसिया कपको फाइनलमा « Khabarhub

पाकिस्तानलाई हराउँदै युएई यू-१९ एसिया कपको फाइनलमा


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युएई एसिसी यू–१९ एसिया कपको फाइनलमा पुगेको छ । यो युएई क्रिकेटको हालसम्मकै ठूलो सफलता हो ।

सेमिफाइनलमा पाकिस्तानलाई हराउँदै यूएई पहिलो पटक यू-१९ एसिया कप क्रिकेटको फाइनलमा पुगेको हो ।

युएईले सेमिफाइनलमा पाकिस्तानलाई ११ रनले हरायो । यूएईले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभर ३ बलमा १ सय ८२ रन बनाउँदा अल आउट भयो ।

पहिला ब्याटिङ गरेको युएईले ४७.५ ओभरमा १९३ रन बनाएको थियो । युएईका कप्तान आयान खानले ५५ रन बनाए । ओपनर आर्यन्स शर्मा ४६ रनमा आउट हुँदा इथान डि सोउजाले ३७ रन बनाए ।

पाकिस्तानका उद्धेड साहले ४ विकेट लिए । जवाफी ब्याटिङ गरेको पाकिस्तान अन्तिम तीन बल बाँकी छदै १८२ रनमा अलआउट भयो ।

पाकिस्तानका कप्तान साद बैगले ५० रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ६ : ४३ बजे

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण