दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा ४५ लाख बुझाएर रिहा भए खाण, हजारौँको सङ्ख्यामा मुद्दाको फर्छ्यौट गर्दा केही असन्तुष्ट हुनु स्वाभाविक : प्रस्तावित न्यायाधीश सुवेदी, न्याय पाएको भन्दै नवराज विकका परिवारले गरे धन्यवाद सभा, काठमाडौंका विभिन्न स्थानमा शनिबार बिजुली नआउने,एक पटक रेफर भएका बीमित बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्नेलगायतका समाचारले प्रमुख स्थान पाए ।

४५ लाख बुझाएर रिहा भए खाण

पूर्व गृहमन्त्री बालकृष्ण खाण थुनामुक्त भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएसँगै खाण ७ महिनापछि थुनामुक्त भएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त खाण वैशाख २७ गते पक्राउ परेका थिए । बिहीबार उच्च अदालत पाटनले खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश गरेको थियो ।

गेटामा अवरोधपछि डा. केसीले गरे लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु

प्रा.डा.गोविन्द केसीले कैलालीको लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेका छन् ।

गेटामा छिट्टै स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्नुपर्ने मागसहित गेटामा नै अनशन बस्ने तयारी गरेका केसीलाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सदस्यहरुले अवरोध गरेका थिए ।

हजारौँको सङ्ख्यामा मुद्दाको फर्छ्यौट गर्दा केही असन्तुष्ट हुनु स्वाभाविक : प्रस्तावित न्यायाधीश सुवेदी

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रस्तावित न्यायाधीश शारंगा सुवेदी र अब्दुल अजिज मुसलमानको सुनुवाइ गरेको छ ।

आज सिंहदरबारमा बसेको समिति बैठकले सर्वोच्च अदालतको प्रस्तावित न्यायाधीश सुवेदी र मुसलमानको सुनुवाइ गरेको हो ।

पाकिस्तानलाई हराउँदै युएई यू-१९ एसिया कपको फाइनलमा

युएई एसिसी यू–१९ एसिया कपको फाइनलमा पुगेको छ । यो युएई क्रिकेटको हालसम्मकै ठूलो सफलता हो ।

सेमिफाइनलमा पाकिस्तानलाई हराउँदै यूएई पहिलो पटक यू-१९ एसिया कप क्रिकेटको फाइनलमा पुगेको हो ।

बंगलादेश यू-१९ एसिया कपको फाइनलमा, भारत पराजित

भारतलाई हराउँदै बंगलादेश यू-१९ एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ ।

आज भएको सेमिफाइनलमा बंगलादेशले भारतलाई ४ विकेटले हरायो ।

असाधारण विकास गर्न खोजेका थियौँ, षड्यन्त्र गरेर सत्ताबाट हटाए : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले प्रभाकारी ढङ्गले देश विकासको काम गरिरहेका अवस्थामा षड्यन्त्रपूर्ण ढङ्गले सत्ताबाट हटाउने काम भएको बताएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राअन्तर्गत शुक्रबार तेह्रथुमको आठराई गाँउपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको सरकारले मुलुकमा असाधारण विकासको काम गर्न खोजेकाले षड्यन्त्रपूर्ण ढङ्गले सत्ताबाट हटाउने काम भएको बताएका हुन् ।

घट्यो पेट्रोल र डिजेलको मूल्य

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

शुक्रबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो ।

मौलिक कला जोगाउनुपर्छ : संस्कृतिमन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको मौलिक कला संस्कृतिलाई जोगाउन सकेमा मात्र देशलाई पर्यटनको केन्द्रका रुपमा विकास गर्न सकिने बताएका छन् ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १५ औँ प्राज्ञसभाको आज उद्घाटन गर्दै मन्त्री किरातीले नेपालका विभिन्न भेगमा छरिएर रहेका मौलिक कला तथा सम्पदा जोगाउन सकेमा पर्यटन क्षेत्रको विकास अझ सहज हुने बताए । उनले भने, “कला, संस्कृतिको उत्थानका लागि प्राज्ञिक क्षेत्रको विशेष योगदानको अपेक्षा सरकारले गरेको छ ।”

एक पटक रेफर भएका बीमित बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्ने

स्वास्थ्य बीमा बोर्डले अब एकपटक प्रेषण (रेफर) भइ आएका बीमित बिरामीलाई सोही रोगका लागि फेरि रेफर पूर्जी लिन नपर्ने व्यवस्था गरेको छ । बोर्डका निमित्त कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायले कुनै रोगका लागि एकपटक रेफर गरेपछि फलोअपमा अर्को कुनै रोगका लागि फरक अस्पतालमा जानका लागि रेफर लिन नपर्ने निर्णय गरेको हो ।

“यसअघि अस्पताललाई फओअपमा आउँदा पुनः रेफर गरेर आउनु भन्ने गरेको थियो । सो रोगका उपचार गर्न आउने बिरामीलाई सहजीकरण होस् भनेर एकपटक रेफर गरेपछि रोग निर्क्यौल नहुँदासम्म फलोअपका लागि आउँदा पुनः रेफर पूर्जी लिई रहननपर्ने व्यवस्था मिलाउने गरेका छौँ”, उनले भने ।

न्याय पाएको भन्दै नवराज विकका परिवारले गरे धन्यवाद सभा

रुकुम पश्चिमको चौरजहारीमा हत्या गरिएका नवराज विकका परिवारले न्याय पाएको भन्दै धन्यवाद सभाको आयोजना गरेका छन् ।

छोरा मरे, न्याय मरेन भन्दै उनीहरुले काठमाडौंमा धन्यवाद सभासहित र्‍यालीको आयोजना गरेका हुन् ।

भृकुटीमण्डपदेखि सुरु भएको र्‍याली बाजागाजासहित शान्तिवाटीका पुगेर समापन भएको थियो ।

सुर्तिजन्य पदार्थ किनबेच गर्न दिनू : पाटन उच्च अदालत

पाटन उच्च अदालतले सुर्तिजन्य पदार्थमाथि प्रतिबन्ध लगाउने काठमाडौं महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न दिन महानगरका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

केन्द्रीय बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने

नेपाल राष्ट्र बैंकले आगामी पुस १ गते १० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम सङ्कलन गर्न लागेको हो ।

केन्द्रीय बैंकले पुस १ गतेदेखि ८ गतेसम्मका लागि निक्षेप सङ्कलन गर्न लागेको जनाएको छ । घटीमा रु १० करोड र बढीमा रु पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ ।

काठमाडौंका विभिन्न स्थानमा शनिबार बिजुली नआउने

नेपाल विद्युत् प्राधिकरणले शनिबार बिहान काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुन लागेको हो ।

उक्त सबस्टेसनबाट विद्युत् सेवा आपूर्ति हुने स्वास्थ्य सेवा विभाग परिसर, भीमसेनस्थान, रामघाट, मरुहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को, ब्रम्हटोल, जैसीदेवल चोकसम्म विद्युत् आपूर्ति बन्द हुने जनाइएको छ ।

सन्दुक रुइत, मनिषा कोइराला र पारस खड्कासहित उल्लेखनीय योगदान पुर्‍याउनेलाई महानगरको सम्मान

काठमाडौं महानगरपालिकाले २९औँ महानगर दिवसका अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गरेको छ । राजधानीको सैनिक मञ्चमा आज आयोजित विशेष समारोहमा महानगरपालिकाले समाजसेवी, कलाकार, खेलाडी, इन्जिनियर, साहित्यकारलगायतलाई पुरस्कृत तथा सम्मान गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ ले वरिष्ठ नेत्र विशेषज्ञ प्राध्यापक सन्दुक रुइत, अभिनेत्री मनिषा कोइराला, साहित्यकार दुर्गालाल श्रेष्ठ, ओलम्पियन वैकुण्ठ मानन्धर, स्टक्चरल इन्जिनियर मनोहरलाल राजभण्डारीलाई सम्मान गरे ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ९ : ०० बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई