लुम्बिनीमा सभामुख र उपसभामुखको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै « Khabarhub

लुम्बिनीमा सभामुख र उपसभामुखको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रदेशको सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका तुलाराम घर्ती र र उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीकी मेनुका खाण केसी हुने सत्ता साझेदार दलहरूबीच सहमति भइसकेको छ । 

सत्तारुढ दलबाट मुख्यमन्त्री एमालेबाट भएकाले सभामुख माओवादीलाई र उपसभामुख राप्रपालाई दिने सहमति भएको सम्बन्धित दलका नेताहरूले बताएका छन् । सभामुख र उपसभामुख चयनका लागि आज दिउसो उम्मेदवारी दर्ता र भोलि निर्वाचन गर्ने कार्यतालिका छ ।

३ माघमा हुने सभामुख निर्वाचनका लागि माओवादी केन्द्रबाट पाल्पा २ (ख) बाट प्रत्यक्ष निर्वाचित तुलाराम घर्तीलाई पठाउने निर्णय गरेको माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए ।

उपसभामुखका लागि राप्रपाले गुल्मीबाट समानुपातिक सांसद बनेकी मेनुका खाँण केसीलाई उम्मेदवार बनाउने निर्णय भएको राप्रपा प्रदेश अध्यक्ष प्रदीप उदयले जानकारी दिए । ८७ सदस्यीय प्रदेश सभामा सत्तारुढ गठबन्धनको समर्थनमा ५८ सांसदहरूको समर्थन रहेको छ ।

एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका चार-चार, जसपा, जनमत र लोसपाका तीन-तीनजना तथा दुई स्वतन्त्र सांसदहरूले सरकारलाई समर्थन गरेका छन् । प्रदेश सभामा २७ सांसद रहेको नेपाली कांग्रेस, एक सांसद रहेको नेकपा एस र जनमोर्चा गरी २९ जना मात्रै विपक्षमा छन् । सत्ता पक्षसँग स्पष्ट बहुमत भएकाले घर्ती र खाँणले जित्ने पक्कापक्की जस्तै छ । नेपाली कांग्रेससँग बहुमत नभएकाले उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  १२ : ५५ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी