पाकिस्तानमा पोलियो उन्मूलन कार्यक्रम सुरु « Khabarhub

पाकिस्तानमा पोलियो उन्मूलन कार्यक्रम सुरु


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानी प्रधानमन्त्रीले देशव्यापी रुपमा पोलियो उन्मूलन कार्यक्रमको सुरुवात गरेका छन् । पाकिस्तानी प्रधानमन्त्री साहबाज सरिफले आइतबार राजधानी इस्लामाबादबाट सो अभियानको सुरुवात गरेका हुन् । प्राप्त समाचारअनुसार यो अभियान तीन दिनसम्म सञ्चालन हुनेछ ।

पाकिस्तानका कतिपय प्रान्तमा पछिल्ला वर्षहरुमा पोलियो रोगको सङ्क्रमण देखिएकाले ती प्रान्तमा यो अभियानको थालनी गरिएको हो । प्रधानमन्त्री सरिफले सो अभियानको थालनी गर्दै आगामी दिनमा यो अभियानलाई सशक्त बनाइ लैजानका लागि केन्द्रीय र प्रान्तीय सरकारले पनि ध्यान दिनुपर्ने बताए ।

उनले पोलियोको उन्मूलनका लागि केन्द्र सरकार तथा प्रान्तीय सरकारमात्र सम्भव नभएको र यसका लागि सबै पाकिस्तानी नागरिकको पनि उत्तिकै दायित्व रहेको पनि बताए ।

प्रधानमन्त्री सरिफले विश्वमा पोलियो रोग उन्मूलन भइसकेको भएपनि केही देशमा मात्र यो सङ्क्रमण रहेको र ती थोरै देशमा पाकिस्तान पनि परेकाले यसको उन्मूलनका लागि सबै नागरिकको सामूहिक पहल हुनुपर्ने बताए ।

उनले पाकिस्तानको दक्षिणी प्रान्त खैबर पाक्थुन्क्वामा मात्र २० जनामा पोलियोको सङ्क्रमण देखिएको जानाउँदै विशेष गरी त्यस क्षेत्रका सरकार र नागरिक बढी सचेत र सजग हुनुपर्नेमा जोड दिए ।

उनले पाकिस्तानमा पोलियोका सङ्क्रमितहरु देखिएको विषयमा विश्व स्वास्थ्य सङ्गठनको पनि चासो रहेको र यसको उन्मूलनका लागि सो सङ्गठनले गरेको सहयोगको पनि सराहना गरे ।

पाकिस्तानमा केही वर्षयतादेखि पोलियोका रोगीहरु देखिएका छन् । सो सङ्ख्या बढ्दै जान सक्ने खतरा रहेकाले पाकिस्तान सरकारले गतवर्षदेखि नै पोलियो उन्मूलनका विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  १ : २२ बजे

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको

नवरात्रको नवौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको नवौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

सुस्त सुरुवात, १० करोडको छलाङ, ‘पेन्सन पट्टा’ बन्यो वर्षकै दोस्रो ठूलो कमाइ गर्ने फिल्म

काठमाडौँ – दयाहाङ राई अभिनीत नेपाली फिल्म ‘पेन्सन पट्टा’ले बक्सअफिसमा १०

‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’

काठमाडौँ-  दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा