विमान दुर्घटनामा मृत्यु हुनेमा कृषि प्रसार अधिकृत पनि | Khabarhub Khabarhub

विमान दुर्घटनामा मृत्यु हुनेमा कृषि प्रसार अधिकृत पनि


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोखरामा भएको विमान दुर्घटनामा नवलपरासी बर्दघाट सुस्तापूर्व कावासोती–६ विष्णुनगरका मोहनप्रकाश श्रेष्ठको पनि मृत्यु भएको पुष्टि भएको छ । यो खबरसँगै पूरै गाउँ हिजोदेखि शोकमा डुबेको छ ।

विगत पाँच वर्षदेखि उनी कृषि ज्ञानकेन्द्र म्याग्दीमा कृषि प्रसार अधिकृतका रुपमा कार्यरत थिए । कृषि ज्ञान केन्द्र म्याग्दीमा कार्यरत कृषि प्रसार अधिकृत ३४ वर्षीय मोहनप्रकाश श्रेष्ठको विमान दुर्घटनामा निधन भएको हो । केन्द्रका प्रमुख किरण सिग्देलले सोमबार बिहान श्रेष्ठको शवको पहिचान भएको बताए ।

“यात्रुको विवरण र सम्पर्क नम्बर मिलेको थियो,” उनले भने “उहाँको साथमा रहेका कागजात र शवको पहिचान भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको शव परीक्षणको पर्खाइमा छौँ ।”

नवलपुर स्थायी ठेगाना भएका श्रेष्ठ गत असोजमा म्याग्दीमा सरुवा भएर पुगेका थियो । वि.स. २०७४ मा निजामती सेवामा प्रवेश गरेका श्रेष्ठ म्याग्दी आउनुअघि नवलपुरमा कार्यरत थिए ।

श्रेष्ठको परिवारले हिजो नै पोखरा पुगेर शव पहिचान गरिसकेका छन् । शव आजै परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको परिवारले जनाएको छ । श्रेष्ठको परिवारमा श्रीमती, एक छोरी र बुवाआमा छन् ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  १ : ४७ बजे

कोहलीको शतकमा भारत विजयी, पाकिस्तानको लगातार दोस्रो हार

काठमाडौं – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आइतबार भएको बहुप्रतिक्षित खेलमा

पाटेबाघको उद्धार

बाँके – बाँके राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले समस्याग्रस्त पाटेबाघको उद्धार

महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने

काठमाडौं – गुठी संस्थानले महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई

संविधानलाई समयानुकूल संशोधन गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानलाई समयानुकूल संशोधन

अमर बान्तुका पाँच म्यूजिक भिडियो एकसाथ सार्वजनिक

काठमाडौं – स्रष्टा अमर बान्तुका एक साथ पाँच गीतका भिडियो