राष्ट्रिय शोकका कारण कर्णाली प्रदेशसभाको बैठक स्थगित « Khabarhub

राष्ट्रिय शोकका कारण कर्णाली प्रदेशसभाको बैठक स्थगित


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय शोकका कारण कर्णाली प्रदेशसभाको आज तोकिएको पहिलो अधिवेशनको चौथो बैठक स्थगित भएको छ ।

पोखरामा आइतबार विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकका कारण बैठक स्थगित गरिएको हो । काठमाडौँदेखि पोखराका लागि ६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित उडेको यति एयरलायन्सको एटिआर–७२ को विमान पोखराको नयाँ गाउँस्थित सेती नदीको खोँचमा परी दुर्घटना भएको थियो ।

दुर्घटनापछि सरकारले राष्ट्रिय शोकका आज बिदा दिएसँगै प्रदेशसभाले आज बस्ने भनेको बैठक स्थगित गरेको हो । विमान दुर्घटनामा परेर ठूलो जनधनको क्षति भएको यस घटनाले मुलुक नै शोकमा डुबेकोले प्रदेशभसाको आजको बैठक स्थगित गरिएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए ।

उनका अनुसार प्रदेशसभाको उक्त बैठक कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९३० बमोजिम भोलि माघ ३ गते मङ्गलबार दिनको १ बजे बस्नेगरी सूचना प्रकाशित गरिएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  २ : ४२ बजे

बागमती खोलामा एक जनाको शव फेला

काठमाडौं– बागमती खोलामा एक जनाको शव फेला परेको छ ।

नेपाली कांग्रेसको महाधिवेशन सर्‍यो 

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनको समय सरेको छ । यही

नेपाल एसीयाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

काठमाडौं– नेपाल एसीयाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा

झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का

झोलुङ्गे पुल भत्किएपछि मनकामना क्षेत्रका बासिन्दालाई समस्या

गोरखा– पछिल्लो वर्षासँगैको बाढीले सिलिङटार र चेरेस जोड्ने झोलुङ्गे पुल