दुर्घटनाग्रस्त विमानको ‘ब्लाक बक्स’ छानबिन आयोगको जिम्मामा « Khabarhub

दुर्घटनाग्रस्त विमानको ‘ब्लाक बक्स’ छानबिन आयोगको जिम्मामा


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सोमबार बिहान फेला परेको दुर्घटनाग्रस्त यती एयरलाइन्सको ‘ब्लाक बक्स’ थप अनुसन्धानका लागि छानबिन आयोगलाई जिम्मा लगाइएको छ ।

आइतबार बिहान दुर्घटना भएको विमानको ‘ब्लाक बक्स’ सोमबार भेटिएपछि छानबिन समितिलाई जिम्मा लगाइएको हो । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आइतबार गठन भएको छानबिन आयोगले आजैबाट काम सुरु गरेको छ ।

विमान दुर्घटनामा ‘ब्लाक बक्स’ लाई महत्वपूर्ण प्रमाणका रुपमा लिइन्छ ।

पोखरामा विमान दुर्घटनापछि बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा छानविन आयोग गठन गरेको थियो । जसमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला, सुनिल थापा, हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापा सदस्य छन् ।

आयोगको सदस्य सचिवमा भने संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ५ : ०७ बजे

तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ

काठमाडौं– प्रहरीले उदयपुर र चितवनबाट तीन जनालाई पक्राउ गरेको छ

बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा 

काठमाडौं– बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा पुगेको छ

गरिमा चौधरी हत्या प्रकरणमा बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ

बारा – गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा संलग्न किशोरको बयानको भिडियो

ज्ञानेन्द्र शाहीको आग्रह- नेपाली स्याउले बजार पाएन, विदेशबाट आयात रोकियोस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ