विमान दुर्घटनाका प्रत्यक्षदर्शी भन्छन्- बेला बेला सम्झेर झस्कन्छु « Khabarhub

विमान दुर्घटनाका प्रत्यक्षदर्शी भन्छन्- बेला बेला सम्झेर झस्कन्छु


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइतबार बिहान यती एयरलाइन्सको जहाज खसेको पोखराको सेतीकै खोँच नजिक छ नागार्जुन टोल । त्यही टोलमा कुमार आले बस्छन् । तनहुँको बन्दीपुरमा जन्मेका उनी परिवारसहित १० वर्षदेखि यही टोलमा बस्दै आएका छन् ।

स्थानीय ब्लक फ्याक्ट्रीमा काम गर्ने आले समय समयमा माछा मार्न सेती नदीको किनारमा जाने गर्छन् । संयोगवश आइतबार पनि बिहानै उनी सेती खोँच झरे । दुर्भाग्य, त्यहीँ माछा मार्ने क्रममा आइतबार बिहान उनले जीवनमा कहिल्यै नदेखेको त्रासदी देख्नु र भोग्नुपर्यो ।

एक सुरमा जालमा माछा पार्ने प्रयत्न गरिरहेका आलेले सेती सुसाएको जस्तो सुने । ठूलो आवाजसँगै माछा मारिरहेकै ठाउँमा ढुङ्गा झर्न थाले ।

सुसाएको आवाज ठूलै हावाहुरी आएको जस्तो सुनिएको आलेले सुनाए । “ढुङ्गा झर्न थालेसँगै मेरो त होसहवास नै उड्यो, के भयो भनेर निकै अत्तालिएँ”, उनले भने, “खोँचबाट माथि कसरी आइपुँगे आफैँलाई थाहा छैन, अहिले सम्झँदा कहाली लागेर आउँछ ।”

माथि आइसकेपछि मात्रै जहाज दुर्घटना भएको थाहा पाएको उनले बताए । सेती खोँचमा आफू मात्रै नभइ अरु चार जनाले पनि माछा मारिरहेको आफूले पछि मात्रै थाहा पाएको उनले सुनाए ।

“यति ठूलो दुर्घटना हुँदा नदीकै खोँचमै रहेको म भाग्यले बाँचेको जस्तो लाग्छ, अहिले पनि सम्झाँदा डर लाग्छ”, उनले भने, “परिवारका सदस्य पनि उत्तिकै डराएका छन् ।” जहाज ठोक्किएपछि खोँचमा खसेका ढुङ्गा शरीरमा लाग्दा करङ्गमा चोट लागेको छ भने शरीरका अन्य भागमा पनि चोट लागेको उनले बताए ।

नदीको दुबैतर्फ रहेका घनाबस्तीका बीचमा जहाज दुर्घटना हुँदा आसपासका बस्ती जोगाएको भन्दै स्थानीयले पाइलट कमल केसीलाई धन्यवाद दिएका छन् । स्थानीयवासी एवम् सिर्जना टोल विकास संस्थाका सचिव इन्द्रप्रसाद सापकोटाले भने, “दुर्घटनाको प्रकृति हेर्दा पाइलटले बस्ती जोगाउन निकै प्रयास गरेको जस्तो देखिएको छ, दुर्घटनाको कारणबारे अनुसन्धानको रिपोर्ट आएपछि बाँकी जानकारी हुनेनै छ ।”

सरकारले दुर्घटना जाँचका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । सोमबार विमानको विहान भेट्टाइएको ब्ल्याक बक्स उक्त जाँच समितिले बुझाइसकिएको छ । ब्ल्याक बक्स जहाजको महत्वपूर्ण उपकरण मानिन्छ । जसमा विमान दुर्घटना हुनुभन्दा दुई घण्टा अघिसम्मका आवाज रेकर्ड हुन्छन् ।

उक्त ब्ल्याक बक्समा रेकर्ड भएका आवाजका आधारमा दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ । ब्ल्याक बक्समा इञ्जिनको आवाजसँगै क्याबिन, ककपिट आदिको आवाज रेकर्ड हुने भएकाले दुर्घटनाका समयमा जहाज कस्तो अवस्थामा थियो भन्ने पत्ता लगाउन सजिलो हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता अनुप जोशीले बताए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ५ : १५ बजे

सरकारी कार्यालय परिसरबाट कर्मचारी संघ-संगठनका कार्यालय हटाउन सात दिने अल्टिमेटम

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी तथा सार्वजनिक निकायभित्र सञ्चालनमा

युद्ध अन्त्य नै प्रमुख सर्त : इरान

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको सम्भावित शान्ति सम्झौतामा लेबनानसहित

मौका नदिई खेलाडी छनोट गरेको भन्दै सर्वोच्चमा रिट

काठमाडौं– एशियाली खेलकुदको पौडी खेलाडी छनौटमा असहमति जनाउँदै खेलाडीहरू सर्वोच्च

बाँके निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह

नेपालगन्ज– यहाँका पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार विकासमा

केप भर्डेका नायक भोजिन्हाको आँसु : भिसाको समस्याले आमा मैदानमा थिइनन्

काठमाडौं – ४१ वर्षका पोर्चुगिच स्टाइकर क्रिस्टियानो रोनाल्डोलाई उमेर ढल्केको