अब प्रहरी नेतृत्वका लागि शक्ति केन्द्र धाउनुपर्दैन : गृहमन्त्री लामिछाने « Khabarhub

अब प्रहरी नेतृत्वका लागि शक्ति केन्द्र धाउनुपर्दैन : गृहमन्त्री लामिछाने


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा धाउनु नपर्ने स्पष्ट पारेका छन् ।

सिंहदरबारमा आज प्रदेश प्रहरी प्रमुखका रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक डिआइजीसँगको भेटमा गृहमन्त्री लामिछानेले प्रहरीको कार्यकुशलता, कार्यसम्पादन तथा तोकिएको जिम्मेवारीमा कस्तो भूमिका निर्वाह भएको छ त्यसैको आधारमा नेतृत्व चयन हुने बताए ।

उनले सरुवा भएका प्रदेश प्रमुखले आफ्नो जिम्मेवारी उच्च मनोबलका साथ निभाउने अपेक्षा गरेको बताए । गृहमन्त्री लामिछानेले कुनै राजनीतिक हस्तक्षेपबीना सङ्गठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरेको पनि जानकारी गराए । गएको पुस २९ गते मन्त्रिस्तरीय निर्णयबाट उनीहरुको सरुवा गरिएको थियो ।

गृहमन्त्री लामिछानेले विगतमा सरुवालाई सजायको रुपमा लिने गरिएको भए पनि यसपटक कार्यकुशलता नै हेरेर जिम्मेवारी तोकिएको र प्रदेशमा कुनै राजनीतिक आग्रह वा पूर्वाग्रह नराखी जनताका हितमा काम गर्न प्रहरीलाई निर्देशन दिए । उनले जिम्मेवारी निर्वाहमा ध्यान दिन, प्रहरी सङ्गठन र आफू मातहतमा रहेका प्रहरी कर्मचारीमा सद्भाव राखेर काम गर्न सुझाव समेत दिए । प्रदेश तथा अन्य निकायमा रहेका सबै प्रहरी अधिकारीलाई उनले सधैँ पीडितको पक्षमा उभिन पनि आग्रह गरे ।

कसैको प्रभाव वा दबाबमा नपरी नागरिकको साथी बन्दै कानुनको पालनामा दृढ रहन मन्त्री लामिछानेले निर्देशन दिए । मन्त्री लामिछानेले सङ्गठनमा क्षमता भएकालाई उचित अवसर दिने तर कुनै राजनीतिक र शक्ति केन्द्रको दबाबमा प्राभावित हुन नदिने अडानमा आफू रहेको स्पष्ट पारे ।

उनले शान्ति सुरक्षा कायम, अपराध, राजस्व चुहावट नियन्त्रणलगायत क्षेत्रमा सङ्गठनले गरेको विश्वास डगमगाउन नदिन सरूवा भएका डिआइजीसँग आग्रह गरे ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ५ : ५९ बजे

रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

रसुवा– विपद्का कारण प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि

पृथ्वी राजमार्ग खुलेसँगै गन्तव्यतर्फ लागे काठमाडौंमा अड्किएका सवारी (तस्बिरहरू)

काठमाडौं– निरन्तरको वर्षा र राजमार्गमा आएको अवरोधपछि काठमाडौंमा अड्किएका मालवाहक

चार दिनपछि खुल्यो बीपी राजमार्ग

काभ्रेपलाञ्चोक- अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण चार दिनदेखि अवरुद्ध बीपी राजमार्ग

नारायणी किनार बाढीले बगरमा परिणत, स्थानीय भन्छन्- यतिठूलो पानी अहिलेसम्म देखेका थिएनौँ

काठमाडौं– असोज ११ गते नारायणी नदीमा आएको बाढीका कारण चितवनको

अमेरिका–इरान सम्झौतामा अझै मतभेद

न्युयोर्क- इरान र अमेरिकाबीच आठौँ महिनामा प्रवेश गरेको द्वन्द्व अन्त्य गर्दै