यती एयरलाइन्स दुर्घटना : वायुसेवा निगमको कार्यालयअगाडि दीप प्रज्वलन « Khabarhub

यती एयरलाइन्स दुर्घटना : वायुसेवा निगमको कार्यालयअगाडि दीप प्रज्वलन


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका चालक दलका चार जना सदस्यको आत्माको चीर शान्तिको कामना गर्दै क्यबिन क्रु एशोसियसन अफ नेपाल एयरलाइन्सले दीप प्रज्वलन गरेको छ ।

सोमबार काठमाडौंको न्युरोडस्थित नेपाल वायुसेवा निगमको कार्यालयअगाडि एसोसिएसनले पाइलट, को–पाइलटलगायत चालक दलका सदस्यको निधनप्रति दुःख व्यक्त गर्दै दीप प्रज्वलन गरेको हो ।

दीप प्रज्वलनमा सहभागीहरुले दुर्घटनामा ज्यान गुमाउने सबैको आत्माको चीर शान्तिको कामना गर्दै श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् ।

आइतबार काठमाडौंबाट पोखरा उडेको विमान अवतरणका क्रममा पोखराको सेती खोँचमा दुर्घटनामा परेको थियो । दुर्घटनामा पाइलट कमल केसी र कोपाइलट अन्जु खतिवडा, एयरहोस्टेजहरु ओसिन आलेमगर र सृजना हुङचुङ मगरले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ७ : १४ बजे

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न