पोखरा विमान दुर्घटना : मृतकको आत्माको चीर शान्तिको कामना गर्दै माइतिघरमा दीप प्रज्वलन « Khabarhub

पोखरा विमान दुर्घटना : मृतकको आत्माको चीर शान्तिको कामना गर्दै माइतिघरमा दीप प्रज्वलन


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइतबार पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनामा ज्यान गुमाउने मृतकको आत्माको चीर शान्तिको कामना गर्दै काठमाडौंको माइतिघरमा दीप प्रज्वलन गरिएको छ ।

एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल , यस टुगेदर वी क्यानलगायत विभिन्न संघ संस्थाहरुले मृतकको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका हुन् ।

साथै उनीहरुले पुराना हवाईजहाजको उडान बन्द गर, हवाइजहाजसम्बन्धी कानून र नीतिमा सुधार गर, ५५ वर्षको जहाज आकाशमा, दुर्घटनालाई कसले रोक्न सक्ला, विदाई कसलाई ? थोत्रा जहाज की सार्वजनिक सेवा? जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

आइतबार पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा अहिलेसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । अज्ञात ३ जना यात्रुको खोजी तथा उद्धार जारी छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ७ : २६ बजे

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न