विराटनगरमा भूकम्प सुरक्षा कृत्रिम अभ्यास प्रदर्शन « Khabarhub

विराटनगरमा भूकम्प सुरक्षा कृत्रिम अभ्यास प्रदर्शन


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भूकम्प एवं दैवीप्रकोपको समयमा सावधानी र जनधनको क्षति न्यूनीकरण गर्न अपनाउनुपर्ने सुरक्षाबारे जनचेतना जगाउन आज विराटनगरमा ‘कृत्रिम घटना अभ्यास’ प्रदर्शन गरिएको छ ।

प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालय, नेपाली सेनाको भैरव दल गण थलहा मोरङ, सशस्त्र, नेपाल प्रहरी र विराटनगर महानगरपालिकद्वारा संयुक्त रुपमा २५ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा विराटनगर २ स्थित खुल्ला मैदानमा ‘कृत्रिम घटना अभ्सास’ को आयोजना गरिएको हो ।

जसमा भूकम्प आउँदा जीवन रक्षा, आगलागीमा जोखिम न्यूनीकरण गर्न अपनाउनुपर्ने सावधानी एवं उनीहरुको उद्धार र उपचारमा प्रयोग गरिने विभिन्न सामग्री प्रयोगको प्रदर्शन गरिएको थियो ।

‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नाराका साथ नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले संयुक्त रुपमा अभ्यासका क्रममा तीन तले घरमा रहेका घाइते, भूकम्पको घरबाट थिचिएका मानिस र आगोबाट उद्धार गरी उपचारका लागि लैजाने लगायतका कृत्रिम अभ्यास देखाइएको थियो ।

सो अवसरमा नेपाली सेनाले उद्धारका बेला प्रयोग गरिने विभिन्न औजार, जीवनरक्षक ज्याकेट, मोटरबोट लगायतका सामग्रीको पनि प्रदर्शनी गरिएको थियो । मन्त्रालयका सचिव उमेश बस्नेत, कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिना, नेपाली सेना थलहाका प्रमुख सेनानी अमृतबहादुर थापा मगर लगायतले उद्धार कार्यक्रम अवलोकन एवं निरीक्षण गरी आवश्यक निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ७ : ४० बजे

प्रतिनिधिसभा बैठक : उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं- प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग,

उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको पत्र, कारबाही अघि बढाउन उपसभामुखको आनाकानी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य तथा

एमालेले रोपिदिएको कलहको बिउले राप्रपामा भाँडभैलो, बागमतीमा दुईतिर बाँडिए प्रदेश सभा सदस्य

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले सोमबार प्रदेशसभाबाट

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा पदोन्नति भएका

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको