जुम्ला जिप दुर्घटना एकको मृत्यु १५ जना घाइते « Khabarhub

जुम्ला जिप दुर्घटना एकको मृत्यु १५ जना घाइते


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाको पातारासी गाउँपालिका–६ मा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मुत्यु भएको छ । सदरमुकाम खलङ्गा बजारबाट पातारासीका लागि जाँदै गरेको ग१ज ४०३५ नंको जीप आज अपराह्ने दुर्घटना हुँदा सो गाउँपालिका–१ का ४२ वर्षीया छोदेन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढामगरले जानकारी दिए ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहित स्थानीयवासीले घाइतेको उद्धार गरेका हुन् । घाइते १५ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको प्रतिष्ठानका निर्देशक राजीव शाहले जानकारी दिए । सडकबाट ५० मिटर तल तिला नदीमा जिप खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । जिपमा सवार चालकसहित १७ जना रहेको र जिप चालक फरार रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरु १३ वर्षीय उर्जेन लामा, ७४ वर्षीया छिरिङ साङ्मु लामा, २४ वर्षीया छिरिङ पुटिङ लामा, ४२ वर्षीय जिग्मे लामा, १२ वर्षीय उर्जेन हिक्सिन, १७ वर्षीय पेमा लामा, २३ वर्षीया निग्मा साङ्मु, १७ वर्षीय तुल्सान तामाङ, ४० वर्षीय कार्मा लामा, २४ वर्षीय छिरिङ पाल्जो, २७ वर्षीय एसएसआई तामाङ, १४ वर्षीय सोनम तामाङ र ८ वर्षीया पेमा डोल्मा तामाङ रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ६२ वर्षीया मिम्जाम लामा र ६७ वर्षीय कार्मा लामाको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ९ : ०९ बजे

प्रतिनिधिसभा बैठक : उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं- प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग,

उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको पत्र, कारबाही अघि बढाउन उपसभामुखको आनाकानी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य तथा

एमालेले रोपिदिएको कलहको बिउले राप्रपामा भाँडभैलो, बागमतीमा दुईतिर बाँडिए प्रदेश सभा सदस्य

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले सोमबार प्रदेशसभाबाट

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा पदोन्नति भएका

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको