भारतद्वारा चीनसँगको सीमा क्षेत्रमा पूर्वाधार निर्माणको कार्यलाई तीव्रता « Khabarhub

भारतद्वारा चीनसँगको सीमा क्षेत्रमा पूर्वाधार निर्माणको कार्यलाई तीव्रता


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले चीनसँग जोडिएको सीमा क्षेत्र वास्तविक नियन्त्रण रेखा एलएसीमा पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ ।

भारत सरकारले एलएसी र खासगरी पूर्वोत्तर राज्य अरुणाचलमा चीनसँग सीमा जोडिएका क्षेत्रमा पूर्वाधार निर्माणको कामलाई तीव्र पारेको अरुणाचल अब्जरभर अनलाइनले उल्लेख गरेको छ ।

सरकारी तथ्यांकअनुसार एलएसीमा भारतीय पक्षबाट हालसम्म २ हजार किलोमिटर सडक निर्माण गरिएको छ । आगामी मार्च महिनामा अरु ६० वटा सडक बन्ने अपेक्षा गरिएको अरुणाचल अब्जरभरले उल्लेख गरेको छ । यसका लागि भारत सरकारले १५ हजार करोड भारतीय रुपैयाँ खर्च गरेको छ ।

सन् १९६२ मा चीनसँगको युद्धमा अरुणाचल प्रदेशमा सडक पूर्वाधारको कमी भएकै कारण भारतले पराजयको सामना गर्नुपरेको थियो । भारतको अरुणाचल प्रदेश र चीनबीच १ हजार १ सय २६ किलोमिटरको सीमा रहेको छ ।

चीनले अरुणाचल प्रदेशमा सैनिक अतिक्रमणलाई थप विस्तार गर्ने चिन्तामाझ भारतले सो क्षेत्रमा पूर्वाधार निर्माणको कार्यलाई तीव्र पारेको हो ।

गत डिसेम्बर ९ मा अरुणाचलको तवाङ क्षेत्रको याङ्त्सेमा दुई मुलुकका सुरक्षाकर्मीबीच झडप भएको थियो । चीनले अरुणाचल प्रदेश दक्षिण तिब्बतमा पर्ने भन्दै लामो समयदेखि सार्वभौमिकता दाबी गर्दै आएको छ ।

गत जनवरी ३ मा अरुणाचलको बोलेङ सहर पुगेर भारतीय रक्षामन्त्री राजनाथ सिंहले ७ सय २४ करोड भारतीय रुपैयाँ बराबरका २८ पूर्वाधार परियोजनाको उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ९ : ३६ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच