सिलिन्डर विस्फोटमा सांसद भण्डारी घाइते भएकोप्रति एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त « Khabarhub

सिलिन्डर विस्फोटमा सांसद भण्डारी घाइते भएकोप्रति एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ग्यासको सिलिन्डर विस्फोटमा परी प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारी घाइते भएको घटनाप्रति पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष ओलीले भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण समेत गराएका छन् । विस्फोटमा परी निधन भएकी भण्डारीकी आमा हरिकला भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनले लेखेका छन् ‘एलपी ग्यासको सिलिन्डर विस्फोटमा परेर प्रतिनिधिसभा सदस्य माननीय चन्द्रकान्त भण्डारी घाइते हुनुभएको खबरले अत्यन्त दुःखी छु । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण गर्दछु । विस्फोटमा परी निधन हुनु भएकी उहाँकी आमा हरिकला भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।’

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  २ : ५३ बजे

प्रतिबन्धका बाबजुद रुसबाट युरोपले किन्यो ३२० अर्ब डलरको ऊर्जा

मस्को- युक्रेनमाथि रुसको आक्रमणपछि मस्कोमाथि विभिन्न प्रतिबन्ध लगाए पनि युरोपेली सङ्घ

एनएमबि बैंक र र्यापिड टेकबीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले ’नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा

लागूऔषध गाँजासहित सीमा क्षेत्रबाट दुईजना नियन्त्रणमा

वीरगन्ज– सशस्त्र प्रहरी बल, नेपाल १३ नम्बर गण पर्साले प्रतिवन्धित

खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गर्ने पाँच जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गरेको आरोपमा प्रहरीले पाँच

खगेन्द्र सुनारबारे संसदीय छानबिन गर्न एमालेको माग

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रास्वपा सांसद खगेन्द्र