सिलिन्डर विस्फोटमा सांसद भण्डारी घाइते भएकोप्रति एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त « Khabarhub

सिलिन्डर विस्फोटमा सांसद भण्डारी घाइते भएकोप्रति एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ग्यासको सिलिन्डर विस्फोटमा परी प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारी घाइते भएको घटनाप्रति पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष ओलीले भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण समेत गराएका छन् । विस्फोटमा परी निधन भएकी भण्डारीकी आमा हरिकला भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनले लेखेका छन् ‘एलपी ग्यासको सिलिन्डर विस्फोटमा परेर प्रतिनिधिसभा सदस्य माननीय चन्द्रकान्त भण्डारी घाइते हुनुभएको खबरले अत्यन्त दुःखी छु । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण गर्दछु । विस्फोटमा परी निधन हुनु भएकी उहाँकी आमा हरिकला भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।’

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  २ : ५३ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि