दुर्घटना न्यूनीकरण गर्न सवारी साधनको यान्त्रिक परीक्षण | Khabarhub Khabarhub

दुर्घटना न्यूनीकरण गर्न सवारी साधनको यान्त्रिक परीक्षण


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लहान– जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानले चालक तथा परिचालकको स्वास्थ्य परीक्षण र सवारीसाधनको यान्त्रिक जाँचसहितको दुर्घटना न्यूनीकरण तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।

आज भएको एक दिवसीय कार्यक्रममा प्रादेशिक अस्पताल लहान र सगरमाथा चौधरी आँखा अस्पतालका प्राविधिकको सहयोगमा ट्राफिक प्रहरीले सवारी चालकको स्वास्थ्य अवस्थाबारे जाँच अभियान सञ्चालन गरेको हो ।

सिरहा जिल्लामा पछिल्लो समय सवारीसाधनको दुर्घटनाबाट मानिसको ज्यान जाने क्रम बढ्दै गएको देखिएको छ । दिनहुँजसो सवारी दुर्घटना हुने गरेको छ । लहानमा गत माघ २८, २९ र फागुन १ गते भएको तीन दुर्घटनामा मात्र पाँच जनाको मृत्यु भएको थियो ।

 यसरी दिनानुदिन बढ्दै गएको सवारी दुर्घटनाको रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्ने उद्देश्य राखी जनचेतनामूलक कार्यक्रम राखिएको प्रहरी निरीक्षक एवं सिरहा जिल्ला ट्राफिक प्रहरी प्रमुख टुपेन्द्र श्रेष्ठले बताए।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराई दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनको अवस्था तथा सवारी चालकको स्वास्थ्यसमेत राम्रो हुनुपर्ने बताउँछन्। उनले भने, ‘सवारी दुर्घटना नियन्त्रण गर्नका लागि ट्राफिक प्रहरीको भूमिकामात्रै पर्याप्त हुँदैन । यसका लागि आम नागरिक तथा सवारीसँग सम्बन्धित सवारी चालक, सवारी परिचालक, यातायात व्यवस्था कार्यालय, सडक विभागजस्ता विभिन्न ‘स्टेक होल्डर’हरूको हातेमालो आवश्यक छ ।’

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ७ : २९ बजे

जेलेन्स्कीलाई ट्रम्पको चिट्ठी – ‘अर्थहीन हत्या अन्त्य गर्ने समय भयो’

एजेन्सी – अतिक्रमणविरुद्ध रूससँग युद्धरत युक्रेनको ३४औँ स्वतन्त्रता दिवस अवसरमा

साझा उत्सवका रूपमा तीज पर्वलाई अंगिकार गर्नुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले तीज पर्वलाई आपसी भाइचाराको

कोशीको आमसञ्चार विधेयकविरुद्ध सडकमा पत्रकार, उल्टो हिँडेर गरे विरोध प्रदर्शन

काठमाडौं– कोशी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आमसञ्चार सम्बन्धी

‘कोशी प्रदेश स्वास्थ्य नीति’ सार्वजनिक

मोरङ– कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ‘कोशी प्रदेश स्वास्थ्य नीति

करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी–  दुहबी नगरपालिका-८ स्थित विश्वकर्मा ईन्जिनियरिङ्ग वोर्कस वर्कसपमा काम गर्ने क्रममा करेन्ट