मधेस प्रदेशसभा : भुक्तानीका विषयमा समिति गठन « Khabarhub

मधेस प्रदेशसभा : भुक्तानीका विषयमा समिति गठन


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मधेस प्रदेशसभाको बिहीबारको बैठकले गत आर्थिक वर्षमा कार्यान्वयन भएका योजनाको भुक्तानी दिन बाँकी रकमका विषयमा छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठन गरेको छ ।

अर्थमन्त्री सञ्जयकुमार यादवले अघिल्लो आर्थिक वर्षमा भुक्तानी दिन बाँकी रकमका विषयमा छानबिनका लागि उपसभामुख बबिताकुमारी राउतको नेतृत्वमा १८ सदस्यीय उच्चस्तरीय छानबिन संसदीय समिति गठनको प्रस्ताव सभासमक्ष प्रस्तुत गरेका थिए । सभामुख रामचन्द्र मण्डलले अर्थमन्त्रीबाट प्रस्तुत प्रस्ताव प्रदेशसभा बैठकबाट सर्वसम्मत पारित भएको घोषणा गरे ।

उच्चस्तरीय संसदीय समितिमा प्रदेशसभा सदस्य कनिष पटेल, रत्नेश्वर गोइत यादव, श्यामप्रसाद पटेल, सुनिलकुमार यादव, बच्चा राउत अहिर, राजकुमार गुप्ता, मो समिर, हरिनारायण महतो, चन्दनकुमार सिंह, शम्भुकुमार साह, जयलुन राइन, रानीकुमारी तिवारी, उर्मिलादेवी सिंह, कञ्चन विच्छा, विमला अन्सारी, अनिरुद्रकुमार सिंह र प्रमोदकुमार जयसवाल रहेका छन् । समितिको कार्यावधि कार्यप्रारम्भ भएको मितिले ३० दिनको हुनेछ ।

समिति गठनको प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री यादवले भुक्तानी गर्न बाँकी रहेका योजनाको स्थलगत निरीक्षण तथा नापजाँच, सरोकारवाला निकायसँग कागजात माग्ने, सरकारी पदाधिकारीसँग बयान लिनेलगायतको काम गरी भुक्तानीका लागि सहजीकरण गर्ने जानकारी दिएका थिए ।

प्रदेश सरकारका विभिन्न निकायले आर्थिक वर्ष २०७८/०७९ मा उपभोक्ता समिति तथा बोलपत्रमार्फत गरेका मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रमलगायत योजनाको रु एक अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । उपभोक्ता समिति र निर्माण व्यवसायीले भुक्तानीका लागि पटक–पटक माग गर्दै आएका छन् भने यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालयले यही समस्या समाधानका लागि एक छानबिन समितिसमेत गठन गरेको छ । प्रदेशसभाको अर्को बैठक सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगन गरिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ९ : ४३ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा