'आफ्नो एजेन्डालाई कायम राखेर गठबन्धनमा गयाैँ' | Khabarhub Khabarhub

‘आफ्नो एजेन्डालाई कायम राखेर गठबन्धनमा गयाैँ’


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

राप्रपा पश्चगामी राजनीतिक चिन्तन बोकेको र राज्य व्यवस्थाको हिसाबले जनताभन्दा पनि राजसंस्था र धर्मका विषय पनि हुनुपर्छ भन्ने मान्यता भएको पार्टी हो । सिद्धान्त र व्यवहारमा राप्रपा किन कुहिरोको काग बनिरहेको छ ? समसामयिक राजनीतिका सन्दर्भमा अब राप्रपाले के गर्छ ? यस विषयमा आधारित रहेर राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणासँग राजु थापाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईँहरू पनि कमल थापाजस्तै गरी सरकारमा जानुको कारण के हो ?

राप्रपा नेपालमा कमल थापाको नेतृत्व जब थियो, त्यसबेला पहिलो चोटि हामी सरकारमा गएको थियौँ, र कमल थापाजी परराष्ट्रमन्त्री पनि हुनुभयो । त्यो क्रममा उहाँले अति उत्कृष्ट कामहरू गरेको नै हो । नाकाबन्दीको अवस्थामा उहाँको भूमिका राम्रो थियो । राप्रपा नेपाल सरकारमा जानै सक्दैन भन्ने कुरा थियो, हामीले त्यसलाई काट्न सक्यौँ । पछि केही कारणले सरकारमा गयो भनेर पार्टीलाई नकारात्मक रूपमा हेर्न थालियो । पछि आफूले गलत गरेको कमल थापाज्यूले र हामी सबैले स्वीकार गरेकै हौँ । पछि गठबन्धनमा हामी आमन्त्रित भयौँ । अहिले हामीले देश विकास गर्नु छ, पार्टीको एजेन्डा स्थापित गर्नु छ । पार्टीको संगठन मजबुत बनाउनु पर्ने छ । मूलभूत रूपले देशै डुब्न लागेको अवस्था छ । यस्तो अवस्थामा राप्रपा बाहिरबाट टुलुटुलु हेरेर बस्न सक्दैन । जनता र देशलाई केही गरौँ भनेर हामी सरकारमा गएको हो । गणतन्त्रलाई मजबुत बनाउन गएको होइन ।

तपाईँहरू अहिले भएको सङ्घीयताविरुद्ध अहिले भएको व्यवस्थाविरुद्धमा किन बोल्नुभयो त ?

मभन्दा पहिले नेकपा एमाले र माओवादीका नेताहरूले मुख छोडेर राप्रपालाई तथानाम गाली गरेपछि अब यो संसद्‌मा मैले बोलेन र उहाँहरूलाई जवाफ दिएन भने हामीलाई दुरदुर हुन्छौँ भनेर प्रतिकार गरेको हो । हामी तपाईँहरू कसैको दयाले यहाँ आएको होइन, जनताले हाम्रो एजेन्डामा भोट हालेर राजा र हिन्दु राष्ट्र ल्याउनको पठाएका हुन् र त्यसको लागि हामी आएको हो । यसमा तपाईँहरूलाई दुई मत हुन आवश्यक छैन । हामीलाई अन्य दलहरूले बोल्न बाध्य बनाएको मात्र हो । त्यस कारण मात्र बोलेको हो ।

तपाईँहरू सरकारमा जाने बेलासम्ममा माटो घुलनशील बन्यो ?

हामीले जे गर्‍यौँ, त्यो पार्टीगत निर्णय हो । सर्वसहमतिबाट सरकारमा जाने हो । म एउटा व्यक्ति मात्र हो, पार्टीले सर्वसहमति गरेर हामी सरकारमा गएको हो । अध्यक्षको नेतृत्वमा मन्त्री छान्ने जिम्मा हामीले छोडेको हो ।

तपाईँहरू यता र उता लाग्दा गणतन्त्रको विवाहित श्रीमती जस्तो भएको हो ?

ठूलो पार्टीले एक एक महिनामा समीकरण परिवर्तन गर्दा पनि केही नभन्ने, ५ वटा पहलवान कुस्ती खेल्न आइरहँदा हामी एक्लै लड्छौ भन्ने हाम्रो कतिको बुद्धिमत्ता हुन्छ ? हामीले चुनाव लडेपछि संविधानको परिधिभित्र बसेर परिवर्तन गर्ने लाइन पनि छोड्नुपर्छ । सडकमा जानु पर्ने बन्दुक उठाउने लाइन लिनु पर्ने हो र ? हाम्रो लाइन भनेको संविधानको बुँदाहरूलाई प्रयोग गरेर राजा सहितको प्रजातन्त्र हिन्दु राष्ट्र ल्याउने एउटा योजना हो । आफ्नो एजेन्डालाई कायम राखेर हामी पनि गठबन्धनमा गएको हो ।

तपाईँहरू कहीँ न काही सहभागी भएर लोकतन्त्रलाई बलियो बनाई रहेको अवस्था हो ?

राजनीति भनेको वास्तविकतामा हुन्छ । यो संविधानलाई मानेर पालना गरेर अगाडि बढ्ने हो । संविधानभित्र बसेर त्यो स्थानमा नपुगी कन कसरी परिवर्तन हुन्छ त्यो माध्यम त हामीलाई चाहियो नि ।

काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तो भएको त होइन ?

सरकारमा कुनै वेला राप्रपाको त्यो अवस्था पनि आएको थियो । अहिले भने त्यहाँ सम्म नसोच्दा पनि फरक पर्दैन । अहिले त्यो स्थिति नै छैन हामी सबै आआफ्नो काम सम्हाल्न प्रेरित हुनु पर्छ र भएका पनि छौँ त्यसको परिणाम पनि पाइहाल्नु हुन्छ ।

अहिलेको व्यवस्थाले काम नगरेको तथा नेताले काम नगरेको ?

यसमा एक पक्ष मात्र भन्न मिल्दैन जस कारण दुवै पक्ष बराबर रूपमा रहेको छ । व्यवस्था पनि देशको माटोलाई नसुहाउँदो भयो । यो प्रदेशमा ४६ हजार नेता पाल्न सक्ने यस्तो गरिब देश ४६ हजार नेतालाई खुवाएर पाल्नु पर्ने रहेको छ । व्यवस्था आफैमा ठिक बेठिक हुँदैन । देशको भू-राजनीतिक बनावट, समाजमा कस्तो परिवर्तन रहेको छ । त्यसमा ख्याल गर्नु पर्छ ।

लाखै जनता विदेशीले उक्साएर आन्दोलनमा आएका हुन् त ?

विदेशीले एक ठाउँमा उभिएर प्रोत्साहन त गरेका छन् । १२ बुँदे सम्झौता भारत सरकारले गरिदिएको हो नि । यो सम्झौता आफ्नो देशमा नै गर्नुपर्ने थियो । हाम्रो कमजोरी त्यो नै भएको हो । कुनै पनि कार्य सबल र सरल रूपमा नेपालमा गर्न असहज नै रहेको छ । जस कारण आन्दोलन जस्ता कार्य बिचमा आइरहेको अवस्था छ र हाम्रो मुलुक बेथिति नै बेथितिमा फसिरहेको छ । त्यस कारण अब सबै नेताहरू सजग भएर देशको बारेमा सोच्नु पर्ने समय आएको छ ।

हामीले आफ्नो धर्मको रक्षा गर्नको निम्ति के गरिरहेका छौँ ?

हाम्रो प्रयास एक सय वटा क्रिस्चियन राष्ट्र छन्। बौद्ध धर्म मान्ने देश ११ वटा छन्। मुसलमानका ४७ वटा देश छन् भने एक अर्ब हिन्दुहरूको एउटा मात्र हिन्दु राष्ट्र थियो। त्यसले त्यो धर्मावलम्बीलाई स्थापना गर्छ। नेपालीहरूको लागि मात्र होइन विश्वका हरेक हिन्दुहरूको लागि, नेपालको मूल्य मान्यता र धर्मको लागि हामी लडेका छौँ। धर्मबाट हामीले जुन आर्थिक फाइदा धार्मिक पर्यटनबाट यो राष्ट्रलाई ठूलो टेवा मिल्छ।

(एभिन्युजसँगको सहकार्यमा तयार अन्तरवार्ता)

प्रस्तुति- कुसुम गौतम

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  १ : २४ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले