सन्दीपलाई आज कीर्तिमान बनाउने मौका « Khabarhub

सन्दीपलाई आज कीर्तिमान बनाउने मौका


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली स्पिनर सन्दीप लामिछानेलाई विश्व कीर्तिमान बनाउने मौका आएको छ।

सन् २०१८ मा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका सन्दीपले हालसम्म ४० खेलबाट ३९ इनिङ्स खेल्दै ९८ विकेट हात पारिसकेका छन्। यदि आज युएईविरूद्ध कम्तीमा २ विकेट लिएमा उनले सबैभन्दा कम खेल खेलेर १०० विकेट लिने कीर्तिमान बनाउनेछन्।

यसअघि अफगानिस्तानका रासिद खानले सन् २०१५ अक्टुबरमा ४४ खेलबाट १०० विकेटको कोशेढुंगा पार गरेका थिए।

पछिल्ला ३० एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा लगातार विकेट लिइरहेका सन्दीपले अन्तिम १० खेलमा मात्र २९ विकेट लिइसकेका छन्। उनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ८ पटक कम्तीमा ४ विकेट र ३ पटक कम्तीमा ५ विकेट लिएका छन्।

२२ खेलबाट ५० विकेट पूरा गरेका सन्दीपले थप १८ खेलबाट ४८ विकेट लिइसकेका छन्। यदि युएईविरूद्ध कुनै विकेट नलिए बाँकी ३ खेलमा उनले २ विकेट लिए पनि उक्त कीर्तिमान आफ्नो नाममा लेखाउनेछन्।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ८ : ०१ बजे

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको