नेपाली क्रिकेट टिमलाई शुभकामना दिँदै ओलीले भने, ‘राष्ट्र तपाईँको साथमा छ’ « Khabarhub

नेपाली क्रिकेट टिमलाई शुभकामना दिँदै ओलीले भने, ‘राष्ट्र तपाईँको साथमा छ’


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी विश्वकप लिग–२ को अन्तिम खेलका लागि नेपाली टिमलाई शुभकामना दिएका छन्।

त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी युएईविरुद्ध मैदानमा उत्रेको नेपाली टिमलाई एमाले अध्यक्ष ओलीले जीतको शुभकामना दिएका हुन् ।

‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो। उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना,’ ओलीले ट्विटरमार्फत शुभकामना दिँदै भनेका छन्, ‘राष्ट्र तपाईँहरूको साथमा छ र म तपाईँहरूको साथमा छु।’

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ९ : २५ बजे

आसन्न निर्वाचनको परिणाम एमालेको पक्षमा : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी

समानुपातिक बन्दसूचीबाट ८५ जनाले फिर्ता लिए नाम

काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीबाट नाम

राजुनाथ पाण्डे काठमाडौँ–४ बाट चुनाव लड्ने तयारीमा

काठमाडौं- काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले प्रतिनिधिसभा सदस्यको

विशेष महाधिवेशनकाे कार्यतालिका संशोधन, मंगलबार पनि बन्दसत्र र नाम दर्ता हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको कार्यतालिका संशोधन गरिएको

कांग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयनका प्रक्रिया सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत मंगलबार पार्टीको नीति