ओस्कर विजेता चलचित्र ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’ चर्चामा | Khabarhub Khabarhub

ओस्कर विजेता चलचित्र ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’ चर्चामा


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वकै सर्वश्रेष्ठ मानिने ओस्कर (एकेडेमी अवार्ड) को ९५औँ संस्करण सम्पन्न भएसँगै ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’ चलचित्र चर्चामा छ । गत सोमबार बिहान सम्पन्न अवार्डमा यसले सर्वोत्कृष्ट चलचित्रसँगै निर्देशकमा ड्यानियल क्वान, अभिनेत्रीमा मिसेल योह, सम्पादनमा पल रोजर्स, मौलिक पटकथामा निर्देशक क्वान र ड्यानियल स्किनर्ट, सह अभिनेत्रीमा के ह्यु क्वान र सह-अभिनेतामा के ह्ये क्वानले अवार्ड जित्न सफल भए।

सात विधामा अवार्ड जितेका चलचित्र चिनियाँ–अमेरिकी लाउन्ड्री व्यवसायका मालिकले उसको लेखापरीक्षकसँग गर्ने सङ्घर्षको कथावस्तुमा आधारित छ । आर्टहाउस बजार खुम्चिएको समयमा व्यावसायिकरुपमा समेत आफूलाई अब्बल सावित गरेको चलचित्र आप्रवासी महिला पात्र एभलिन वाङले समानान्तर ब्रह्माण्ड (मल्टिभर्स) सिर्जना गर्ने कथामा आधारित छ ।

यस्तै कन्सेप्ट मार्भल स्टुडियोको स्पाइडर म्यानः नो वे होम र डाक्टर स्ट्रेञ्जको शृङ्खलामा देख्न पाइए पनि यसपटक मौलिकपनले ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एटवन्स’ लाई ओस्करमा अब्बल सावित गरेको हो । प्रत्येक ब्रह्माण्डमा चुनौती, क्षमता र दृष्टिकोण फरक देखिएको चलचित्रमा ट्वीस्टले दर्शकलाई झनै आकर्षित गर्छ ।

ओस्करमा सर्वोत्कृष्ट घोषणा भएपछि यसको दर्शक नेपालमासमेत बढेका छन् । सामाजिक सञ्जालमार्फत चलचित्र हेरिसकेपछि प्रतिक्रिया दिइरहेको देख्न सकिन्छ । चलचित्र लेखक सुशील पौडेलले यसको कथावस्तु र कलाकारको अभिनय सुन्दर पक्ष रहेको बताए । ‘यसमा आर्ट भ्यालु छ, जसलाई निर्देशकले व्यावसायिक पाटोमा उतार्न सफल भएका छन् । कलात्मक चलचित्रमा जोड दिइरहेकालाई यसले हौसला मिल्नेछ’, उनले भने।

अभिनेता नरेन खड्काले अवार्ड जितेका विधालाई दर्शकका रूपमा सहजै महशुस गर्न सकिने बताए । ‘ओस्कर अवार्ड घोषणा भएपश्चात् विजेता विधालाई झनै ध्यान दिएजस्तो लाग्छ । साँच्चै अब्बल नै पाए । हामीले सिक्ने धेरै तथ्य छन्’, उनले भने।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ५ : ०९ बजे

निर्वाचन तोकिएकै मितिमा हुन्छ : गृहमन्त्री अर्याल

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका

मधेश प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी

पर्सा – मधेश प्रदेशसभा सदस्य विनादेखी शर्माको वीरगञ्ज महानगर–६ स्थित

देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान (तस्बिरहरू)

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य

‘अब सुन्छ अमेरिका’ टुर सकिएपछि एलिनाले भनिन्– कलाकारलाई नोकरझैँ गरियो, कैदीझैँ राखियो

काठमाडौँ– फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक

नेदरल्यान्ड्सका म्याक्स ओ डाउड कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली