अमेरिकी रेसमा रिचर्डसन र स्टेइनरको मेहनत | Khabarhub Khabarhub

अमेरिकी रेसमा रिचर्डसन र स्टेइनरको मेहनत


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गत साता फ्लोरिडामा भएको रेसमा स्प्रिन्टर साकारी रिचर्डसनले सनसनी फैलाइन्। एक सय मिटरमा रिचर्डसनले कुँदेको समय ५०.५७ इतिहासकै चौंथो छिटो समय हो। त्यसै प्रतियोगिताको दुई सय मिटर स्पर्धामा एबी स्टेनरले वर्षको सबैभन्दा छिटो समयमा रेस पुरा गरिन्। चार सय मिटरमा सारिका ज्याक्सनको हार अर्को चर्चाको विषय बन्यो।

गृष्म ऋतु विश्व खेलकुदका लागि महत्त्वपूर्ण समय हो। यो समयमा पौडी र एथलेटिक्सको विश्व च्याम्पियनसिप पनि आयोजना हुनेछ। यस अघि रिचर्डसनको जिन्दगी धेरै आरोह र अवरोहले भरिएको थियो। टोकियो ओलम्पिकमा छनोट भएकी उनी शरीरमा भाङको मात्रा भेटिएपछि प्रतिबन्धमा परेकी हुन्। गत विश्व च्याम्पियनसिपमा भने उनी छनोट हुन नै असफल भइन्।

सन् २०२१ को डायमन्ड लिगमा सनसनी पूर्ण प्रदर्शन गरेपछि उनले लामो समयदेखि स्प्रिन्टमा कायम रहेको जमैकाको प्रभावलाई रोक्नसक्ने खेलाडीको रुपमा हेरिएको थियो। ओलम्पिकको पूर्व सन्ध्यामा उनी प्रतिबन्धित भएपछि अमेरिका कमजोर साबित भएको थियो। त्यसो त गत टोकियो ओलम्पिकमा अमेरिकी एथलेटिक्स टोली इतिहासकै कमजोर प्रदर्शन गर्न पुगेको थियो। त्यसै ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्ने अनुमान गरिएका पुरुष खेलाडी पनि असफल रहे।

गत वर्ष ओरीगीनमा भएको विश्व च्याम्पियनसिपमा अमेरिका फेरि अब्बल देखिएको थियो। एक सय र दुई सय मिटरमा अमेरिकी प्रभावको त कुरै नगरौँ महिलामा भने दुवै स्पर्धामा जमैकाको क्लीन स्वीप थियो। टोकियो ओलम्पिकमा छनोट हुने क्रममा १०.८६ सेकेन्डमा रेस पुरा गरेकी थिइन्। गत साता भएको ट्याकमै दुई वर्ष अघि पनि रेस भएको थियो। सो रेसमा उनले १०.७२ मा दुरी तय गर्दै नयाँ कीर्तिमान कायम गरेकी थिइन्।

उनका केही अनौठा पाटा पनि छन्। लामो रङ्गिन नङले केही दशक अघिकै स्टार खेलाडी फ्लोरेन्स ग्रिफ्थ जोयनरको झझल्को दिने गरेको थियो। उनको सुनौलो रङको कपाल अर्को विशेषता हो। ओलम्पिक छनोटको दिन त्यो रेस हेर्न आएकी हजुरआमाकहाँ पुग्दा भावुक हुँदै उनले मनाएको खुसी अझै धेरैका मनमा ताजै छन्।

आफ्नो यौनिक परिचयका बारे रिचर्डसनले सार्वजनिक रुपमा केही भनेकी छैनन्। परन्तु, ओलम्पिक छनोटपछि नै उनले कपालको त्यस शैली गर्ल फ्रेन्डको छनोट भएको तथा गर्ल फ्रेन्डको उत्साहकै कारण खेलमा प्रभावी भएको प्रतिक्रिया दिएकी थिइन्।

केही महिना यता ट्रान्सजेन्डरका बारे नयाँ कानुन पनि बनेका छन्। यस कारण उनको त्यस समयको अभिव्यक्तिको वास्तविकता र अबको खेल बाटोका बारे पनि धेरै कुरा अगाडि बढ्न सक्छ। परन्तु केही कुरा भने सत्य हो। लामो समय अमेरिकी महिला ट्रायकका लागि जमैकाको दबदबा तोड्न एउटा कुनै खास खेलाडीको विशेष स्तर चाहिन्थ्यो। त्यो पनि निरन्तर रुपमा त्यो रिचर्डसनबाट सम्भव छ या छैन एकिनसाथ भन्न सकिएको छैन।

मैदानमा देखिने त्यो हिलो अनुहार नै आफ्नो जीवनको वास्तविकता नभएको कुरा उनी स्वीकार गर्छिन्। थुप्रै दबाबबीच जिन्दगीको मोडलाई अगाडि बढाएकी उनले यी सबै यात्रामा हजुर आमाको सबै भन्दा ठूलो भूमिका भएको कुरामा जोड दिँदै आएकी छिन्। उनले सन् २०१९ को एनसीएए आउटडोरमा कलेज कीर्तिमान कायम गरेकी थिइन्।

ओलम्पिक छनोटमा असफल भए पनि गत वर्ष भएको विश्व च्याम्पियनसिप छनोट अघि उनलाई टोलीमा अटाउने खेलाडीको रुपमा आँकिएको थियो। १०० मिटरमा उनी पहिलो हुने अनुमान गरिएको थियो। दुई सय मिटरमा पनि उनी विश्व च्याम्पियनसिपका लागि छनोट हुने अनुमान गरिएको थियो।

गत वर्षको विश्व च्याम्पियनसिप अघि भएको एनवाईसी ग्रान्डप्रिक्समा रिचर्डसन १०.८५ मा रेस पुरा गरेकी थिइन् त्यस समयमा उनले २ सय मिटरमा सफलता पाएकी थिइन्। चर्डसनको जीवनको अन्य धेरै पाटा छन्। जुन कुरा धेरैका लागि पठनीय हुन सक्छन्। उनको जीवन आफैमा सनसनी पूर्ण त छ नै साथै खेलको आरोह र अवरोहले उनका समर्थक र आलोचक सबैलाई चर्चा गर्न बाध्य गराएको छ।

केन्टुकीका प्रशिक्षक टिम हलको प्रशिक्षणमा रहेका यी एबी स्टेइनरले एनसीएएको उत्कृष्ट समयका साथ धेरै स्पर्धामा आफूलाई स्थापित गरिसकेकी छिन्। यत्ति मात्र होइन इनडोर रेसमा ३ सय मिटरमा अमेरिकी कीर्तिमान कायम गरी सकेकी छिन्। उनले पनि गत साता यस वर्षको उत्कृष्ट समय कायम गरेकी छिन्।

हरेक दिन आफूलाई सुधार गर्दै आएको अमेरिकी स्टार धाविका स्टेइनरले कुनै दिन विश्व कीर्तिमान राख्ने कुरामा पूर्व स्टार तथा अहिलेकी एथलेटिक्स विशेषज्ञ सान्या रिचर्ड रोस बताउँछिन्।

स्टेइनर सफल भए अमेरिकी सुपर स्टार एलीसन फेलिक्सको अभावलाई केही हदसम्म पूर्ति गर्ने सम्भावना पनि देखिएको छ। स्टेइनरले गत वर्षको विश्व च्याम्पियनसिपको चार गुणा एक सय तथा चार गुणा चार सय मिटर रिलेमा स्वर्ण पदक जितेकी थिइन्। दुई सय मिटरमा उनी फाइनल प्रवेश गरेकी थिइन्। यसै वर्ष कलेज सिजन सकिए पछि उनी पूर्ण रुपमा व्यावसायिक खेल जीवनमा प्रवेश गरेकी हुन्।

विश्व च्याम्पियनसिपमा पाँचौँ स्थानमा रहेकी स्टेइनर २०२३ को सुरुवातसम्म वर्ल्ड एथलेटिक्सको दुई सय मिटर वरीयतामा छैटौँ स्थानमा छिन्। सारिका ज्याक्सन, डिना एसर स्मिथ, सेली एन फ्रेजियर प्राइस, एमीनाटेउ सायेनी र एलेन थम्सन हेराथ उनी भन्दामाथि छन्। स्टेइनर छैटौँ स्थान रहे पनि यस वर्षको जनवरीमा मात्र एनसीएए छाडेर प्रोफेसनल बनका कारण उनले कम अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी छिन्।

यस कारण उनी भन्दा अगाडि धेरै भए पनि यस वर्षको उत्कृष्ट समय भने उनकै नाममा छ। यस कारण आउने विश्व च्याम्पियनसिपमा नयाँ आकर्षण हुने अनुमान गरिएको छ। सन् २०१० को दशकको सुरुवातमा एलिसन फेलिक्सले प्रभाव जमाएको सो स्पर्धामा धेरै लामो समयदेखि अमेरिका जमैकाको तुलनामा कमजोर छ। फेलिक्स सन् २०१६ को ओलम्पिकसम्म पुग्दा चार सय मिटरमा केन्द्रित भएकी थिइन्।

फेलिक्सले सन् २००० को दशकदेखि रियो ओलम्पिकसम्म १ सय देखि ४ सय मिटरमा नै सहभागिता जनाएकी थिइन्। लण्डन ओलम्पिकलाई स्वर्णिम बनाउने क्रममा उनले दुवै रिले र दुई सय मिटरमा स्वर्ण पदक जितेकी थिइन्।

आसन्न विश्व च्याम्पियनसिपका लागि स्टेइनर चार सय मिटरमा पनि छनोट हुने अपेक्षा गरिएको छ। विगतका केही प्रतियोगितामा झैँ यस वर्ष पनि चार गुणा सय मिटर रिले अमेरिकाका लागि हेर्न लायक रेस हुनेछ। सोही इभेन्टका धाविका भन्दा अन्य इभेन्टका धाविकाको प्रभाव सो रिलेमा रहने गरेको छ।

ओलम्पिकमा स्वर्ण पदक जित्ने क्रममा अमेरिकाले रिलेमा फेलीक्स, सिड्नी, म्याकगाउलिन, डालिया मोहम्मद र एथीङ मुलाई प्रयोग गरेको थियो। फेलिक्सबाहेक अन्य कोही पनि व्यक्तिगत चार सय मिटरमा सहभागी थिएनन्। सो ओलम्पिकमा म्याकगाउलिन र मोहम्मदले चार सय मिटर हर्डल्समा स्वर्ण र रजत पदक जितेका थिए। यसैगरी मूले ८ सय मिटरमा स्वर्ण पदक जितेकी थिइन्।

यी नै मध्यका म्याकगाउलिन र मुका बारे चार सय मिटरमा पनि सफलता पाउन सक्ने खेलाडीको रुपमा व्याख्या गर्न थालिएको छ। सायद म्याकगाउलिनलाई त १ सय मिटर हर्डल्स र चार सय मिटर दौडमा पनि सक्षम खेलाडीको रुपमा अहिले नै चित्रण गर्न थालिएको हो।

रिचर्डसन र स्टेइनरको फर्मले सायद अमेरिकी टोलीमा रहेको खाली स्थानलाई पुरा गर्ने छ र एउटा बलियो टोलीको निर्माण हुनेछ। स्रोत : रनर्स वर्ल्ड, वर्ल्ड एथलेटिक्स र वासिङ्टन पोस्ट

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ८ : २० बजे

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो

काठमाडौं– नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज इजरायलमा मर्मत गराएर

इलाम–२ : कांग्रेस र एमालेबीच प्रतिस्पर्धा चल्दा नेकपा एसलाई केबल ६ मत

काठमाडौं– इलाम क्षेत्र नम्बर २ को मतगणनामा नेपाली कांग्रेस र

ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई मन्त्री चौधरीको आह्वान

काठमाडौं–  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले नेपालमा लगानीको

सम्झनामा विष्णुबहादुर : जमिन्दारका छोरा, जीवनभर कम्युनिस्ट

तराई मधेसमा अहिलेसम्म मिटरब्याजीहरुको शोषण कायमै छ । कल्पना गरौैं

पाँच महिना लामो मर्मतपछि इजरायलबाट आयो निगमको न्यारो बडी

  काठमाडौं- नेपाल वायुसेवा निगमको ‘९एन–एकेएक्स’ जहाज इजरायलमा मर्मत गराएर