सिद्धान्तको राजनीति सकिएको दशक | Khabarhub Khabarhub

सिद्धान्तको राजनीति सकिएको दशक

अब जनताले गलत गर्नेलाई सजाय दिनुपर्छ


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

वि.सं. २०८० को शुभारम्भ भएको छ। २०७९ को समाप्ति सँगै २०७० को दशकको पनि अन्त्य भएको छ। यो १० वर्षको समयमा नेपाली समाजले के पायो के गुमायो ? नयाँ वर्षमा के नयाँ ढंगबाट नेपाली समाज अगाडि बढ्नको निमित्त ती समयबाट केही शिक्षा लिन सक्छन् या सक्दैन। यस विषयमा आधारित भएर लेखक विश्लेषक नरेन्द्रजगं पिटरसँग सुशील पाण्डेले गरेको कुराकानी सम्पादित अंश :

यो २०७० को दशकको अन्त्य भएको छ। त्यसले नेपाललाई के दिन सक्यो, के पायो र के गुमायो जस्तो लाग्छ ?
यो दशक सिद्धान्तको राजनीति सकिएर सुविधाको राजनीतिको परकाष्टको दशक भयो। इतिहासमा कुनै समय ठेलीका ठेलीले किताब लेखिन्छ। कहिले १०० वर्ष बितेको पत्तो नै हुँदैन र एकै पानामा जान्छ। अहिले एक दशक नेपाली समाजको लागि अत्यन्तै गम्भीर समय रह्यो। 

राजनीतिक र इतिहासका विद्यार्थीले, अर्थशास्त्रका विद्यार्थीले यस्ता पक्षलाई गम्भीर तरिकाले अध्ययनको विषय बनाउन चाहन्छन्। यो दशमा सिद्धान्तको राजनीति सकिएको र सुविधाको राजनीतिको परकाष्टको दशक भयो। पार्टी र व्यवस्थाप्रति निराशा जनमत पैदा भइसकेपछि लोकप्रियतावादमा नेपाली राजनीति अगाडि जानुपर्छ भन्ने भीडको तरिकाले अगाडि गयो। पार्टीहरूको राजनीतिक र सांस्कृतिक चरित्र सबैको एउटै देखियो सरकार र सत्ता फरक हो तर नेपालका नेताहरूले सिंहदरबारलाई नै सत्ता माने। २०६३ ले पलाएको आशा विश्वास र महत्वकांक्षा ७० को दशकमा निराशामा बदलियो।

अब केही आशा गर्न सकिन्छ ?
आशाको त्यान्द्रो सकिएको छैन। हिजोको दिनमा भूकम्पले हामीले पर्यावरणलाई कति ध्यान दियौँ। त्यो चेत गरायो। कोरोनाले पनि ज्ञान दिएको छ। नेपालमा नैतिक पुँजी जोगाउन सकिएको छैन। नेतृत्वमा नैतिक पुँजी क्षय भएको छ। अब त्यसलाई जोगाउनुपर्छ।

अब केही नयाँ होला ?
क्यालेन्डरको पत्र पल्टिने बित्तिकै सबै पुराना कुराले फड्को मार्ला भन्न त सकिँदैन। तर भोलिको कुरा भोलि नै हामीले हेर्नुपर्छ। हामीले राम्रो होस् भनेर शुभकामना दिनुपर्छ। एउटा असल नेतृत्व आयो भने पनि सुधार हुनसक्छ।

सूक्ष्म ढंगले ७० को दशकका घटनाक्रमलाई हेर्दा ८० को दशक घातक छैन भनिन्छ। कसरी विश्वास गर्ने ?
विदेशी शक्तिहरूको भिडन्तमा हामी परिसकेका छौँ। दलीय राजनीतिकरण गर्न खोजिएको छ। त्यसले गर्दा हाम्रो जस्तो सानो देशमा कुनै पनि बेला केही पनि हुनसक्छ।

यहाँ हाम्रा दुई तिर विशाल देश छन् तिनको असर ८० को दशकमा आउनसक्छ। यस बेला संवेदनशील नेतृत्व नहुनु, जनता नागरिक नबनेर रैतीमा जानसक्नु, पार्टीहरू सिद्धान्तहीन भएर मूल्यको विघटन हुनु हाम्रा आउँदा समाजका चुनौती हुन्। अब जनताले नै गलत गर्नेलाई सजाय दिनुपर्छ। अनि मात्र विकास हुन्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  १ : १७ बजे

आत्मनिर्भर बनाउन जीवनोपयोगी सीप सिकाइँदै

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले महिलालाई उद्यमशीलसँगै आत्मनिर्भर बनाउन सीपमूलक कार्यक्रममा

प्रधानमन्त्री कप पुरुष क्रिकेट आजदेखि लुम्बिनीमा हुँदै

बुटवल– नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आजदेखि प्रधानमन्त्री कप

च्याम्पियन्स ट्रफी फाइनल : भारत र न्युजिल्यान्डको भिडन्त आज

काठमाडौं – आइतबार हुने च्याम्पियन्स ट्रफीको फाइनलमा भारत र न्युजिल्यान्ड

पुल निर्माण भएपछि पदमार्गमा आउने पर्यटकलाई सहज

म्याग्दी– धवलागिरि गाउँपालिका– ३ मुनाको बाङखोलामा पुल निर्माण भएपछि बर्खायाममा

दुई पालिकालाई कृषि एम्बुलेन्स सहयोग

तनहुँ– सूर्य नेपाल प्रालिले तनहुँका दुई पालिकालाई कृषि एम्बुलेन्स सहयोग