हुम्लामा नुनमै कालोबजारी, स्थानीय मारमा « Khabarhub

हुम्लामा नुनमै कालोबजारी, स्थानीय मारमा


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मुगु– कर्णाली प्रदेशको विकट हिमाली जिल्ला भनेर परिचित हुम्लाका नागरिकले  राज्यको भएको अनुभुति गर्न पाएका छैनन् । रोग र भोगले बाँचिरहेका हुम्लाका नागरिकको अवस्था सुधार हुन सकेको छैन ।

गरिबी, अशिक्षा, भोकमरी त छँदैछ त्यसमा पनि राज्यबाट सहुलियत दरमा प्रदान हुने खाद्यान्न लगायत अन्य सेवामा पनि ठगिन पुगेका छन् । नेपाल सरकारबाट सहुलियत मूल्यमा प्रदान गर्ने नुन हुम्लीवासीले त्योभन्दा बढी मूल्य तिरेर उपभोग गर्न बाध्य भएका छन् । राज्यबाट प्राप्त  सहुलियत दर  नौ रुपैयाँमा  बिक्री गर्नुपर्ने नुन १५ रुपैयाँमा बिक्री  गरेर उपभोक्तामाथि चरम अन्याय गरिएको छ । 

हुम्ला सदरमुकाम सिमिकोटदेखि करिब दुई तीन दिनको टाढा गाउँ चंखेली गाउँपालिकाका नागरिक एक पोका नुनको मूल्य १५ रुपैयाँ तिरेर उपभोग गर्न बाध्य भएका छन् । 

हुुम्ला र मुगुका बोहोराबाडा, रिमीलगायत गाउँका स्थानीयवासी एक पोका नुनको मूल्य १५ रुपैयाँ तिरेर उपभोग गर्न बाध्य भएका हुन । सरकारबाट ९ रुपैयाँमा बिक्री भएको एक पोका नुनको १५ रुपैया तिरेर स्थानीय उपभोग गर्न बाध्य भएको हुम्लाको चंखेली गाउँपालिका वडा नं १ बोहोरावाडा गाउँका स्थानीय असौजे बोहोराले बताए । 

हुम्लामा एक पोका नुुनको १५ रुपैयाँ पर्ने गरेको विषयमा जानकारी लिन खोज्दा हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ अधिकारीले गैरजिम्मेवार जवाफ दिएनन् । न्युज कारखानाले हुम्लामा नुनमा भइरहेको कालोबजारीबारे जिज्ञासा राख्दा प्रमुख जिल्ला अधिकारी श्रीनाथले भने, ‘यस्ता समस्या त नजिकका स्थानीय सरकार , वडा कार्यालयले सम्बोधन गर्ने कुरा हो । आफ्नो वडाको के समस्या छ, त्यो स्थानीय सरकारले गर्ने हो ।’

प्रमुख जिल्ला अधिकारीले नै जिल्ला खाद्य व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी निर्वाह गरेका हुन्छन् । 

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  १२ : ५८ बजे

पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता कायम

पर्वत– आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि

सिन्धुपाल्चोकका सबै स्थानीय तहमा राप्रपाको अधिवेशन सम्पन्न

चौतारा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सिन्धुपाल्चोकका सबै १२ स्थानीय तहको

चौदण्डीगढीको सातधारेमा निःशुल्क आँखा शल्यक्रिया सेवा शिविर

गाईघाट– यहाँको चौदण्डीगढी नगरपालिका–६ स्थित सातधारेमा निःशुल्क तीनदिने आँखा शल्यक्रिया

स्याङ्जा २ मा रास्वपाबाट पौडेलसहित गुरुङ र डुम्रेको चर्चा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि स्याङ्जाको

‘मर्दानी ३’ मा शिवानी शिवाजी रोयको खतरनाक मिशन, रानी मुखर्जीको दमदार अवतार फर्किँदै

काठमाडौं– बलिउडकी सशक्त अभिनेत्री रानी मुखर्जी फेरि आफ्नो चर्चित भूमिका