महासङ्घका अध्यक्ष ढकालद्वारा पदभार ग्रहण | Khabarhub Khabarhub

महासङ्घका अध्यक्ष ढकालद्वारा पदभार ग्रहण


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पदभार ग्रहण गरेका छन् । ढकालले आज टेकुस्थित महासङ्घको कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष भएका छन् । पदभार ग्रहण गर्दै ढकालले आफू सानो व्यवसाय सुरु गरी यहाँसम्म आएकाले अध्यक्षका रुपमा साना व्यवसायीहरुको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महासङ्घको गत चैत २८ र २९ मा सम्पन्न भएको ५७औँ वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका थिए ।

निर्वाचनबाट जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण बैद्य निर्वाचित भएका छन् भने एसोसिएट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् ।

निर्वाचित अन्य पदाधिकारी तथा सदस्यले आजै पदबहाली गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  १ : ३० बजे

युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा ‘ऊनको स्वीटर’को गीत ‘मखमली’

काठमाडौं – नायिका विपिन कार्की र नायिका मिरुना मगर अभिनित

सरकारको ‘कर आतंक’ विरुद्ध आजपाको प्रदर्शन

काठमाडौं– आम जनता पार्टी (आजपा)ले सरकारको मनोमानी कर आतंककाविरुद्ध काठमाडौंमा

पर्सामा प्रधानमन्त्रीले भने- व्यवहारबाट पुष्टि भइसक्यो, देश बनाउने पार्टी एमाले मात्रै हो

पर्सा- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक क्रान्ति भइसकेकाले अब

सखुवा प्रसौनीका पूर्वअध्यक्ष एमालेमा प्रवेश, ओलीलाई १८० किलोको माला

पर्सा- पर्साको सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाल लगायत नेत

हुम्लामा लगातार हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा पुस १२ गतेदेखि लगातार भारी हिमपात भएपछि उत्तरी