समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्नु सकारात्मक : देवेन्द्र पौडेल « Khabarhub

समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्नु सकारात्मक : देवेन्द्र पौडेल


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वशिक्षि मन्त्री देवेन्द्र पौडेलले यस वर्ष समयमा नै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्नु सकारात्मक भएको बताएका छन् ।

आइतबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू शिक्षा मन्त्री हुँदा छपाई गर्ने मेशिन, कागज लगायतका सामाग्री समयमा नै व्यवस्थापन गर्नका लागि ध्यान केन्द्रित गरेकाले अहिले समयमा नै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्न सफल भएको र त्यो सकारात्मक भएको बताएका हुन् ।

उनले तत्कालीन अवस्थामा चार वटा नयाँ मेसिन किनेको र प्रशासनिक सुधारका साथै ढुवानीको समस्या समाधान गरिएको दावी गरे । १० वर्षमा नेपालको शिक्षालाई गुणात्मक सुधारका लागि चालिएका कदमलाई अघि बढाउन सके नेपालको शिक्षा विश्वस्तरकै हुने उनले बताए ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार देखि नै देशभरका २७ हजार ८१२ सामुदायिक विद्यालयमा ‘समयमै भर्ना, समयमै ज्ञान; गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ वैशाख १५ गतेसम्मलाई  विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ३ : २८ बजे

कांग्रेसका दुवै पक्ष पुगे निर्वाचन आयोगमा

काठमाडौं- फेरि एक पटक फुटको शिकार हुँदै गरेको नेपाली कांग्रेसका

ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा

एजेन्सी – ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने

बजारमा बढ्यो तरुल, सखरखण्ड, पिँडालुको बिक्री (तस्बिरहरू)

काठमाडौं– माघे संक्रान्ति पर्वको आगमनसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी

गगन–विश्व कारवाहीपछि महेश बस्नेतको टिप्पणी- ‘लासहरूको पार्टी हैन भन्नेले कांग्रेसलाई खरानी बनाए’

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो

बङ्गलादेशमा निर्वाचनअघि आगमन भिसा निषेध

एजेन्सी– बङ्गलादेशले आम चुनाव तथा जनमत सङ्ग्रह अघि जनवरी– १५