उइगुरलाई रमजानको व्रत बस्न नदिन चीनमा जासुस परिचालन « Khabarhub

उइगुरलाई रमजानको व्रत बस्न नदिन चीनमा जासुस परिचालन


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिन्जियाङ प्रान्तमा अल्पसङ्ख्यक उइगुर मुसलमानलाई रमजानको व्रत बस्न नदिनका लागि चीनले जासुस परिचालन गरेको खुलेको छ । रेडियो फ्रि एसियाले टुर्पान क्षेत्रका प्रहरी अधिकारीलाई उद्धृत गर्दै यस्तो खुलासा गरेको हो ।

रमजानको प्रारम्भीक दिनहरुमा व्रत बसेको अशंकामा ५६ जनालाई पक्राउ गरिएको र तीमध्ये ५४ जनाले व्रत बसेर कानून उल्लङ्घन गरेको पुष्टि भएको रेडियो फ्रि एसियाले जनाएको छ ।

चीनले सन् २०१७ यता सिन्जियाङ प्रान्तका उइगुर मुसलमानलाई रमजानको ब्रत बस्न प्रतिबन्ध लगाउँदै आएको बताइन्छ । रेडियो फ्रि एसियाले जनाएअनुसार चीनको सुरक्षा संयन्त्रले आम सर्वसाधारण, प्रहरी अधिकारी एवम् छिमेक समितिका सदस्यलाई जासुसको रुपमा परिचालन गर्ने गरेको छ ।

चीनमाथि सिन्जियाङका दशौँ हजार उइगुर मुसलमानलाई पुनर्शिक्षाका नाममा चीनले बन्दी शिविरमा राख्ने गरेको आरोप लाग्ने गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ३ : ३७ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन