छुट्टाछुट्टै स्थानबाट बलात्कार आरोपमा तीनजना पक्राउ « Khabarhub

छुट्टाछुट्टै स्थानबाट बलात्कार आरोपमा तीनजना पक्राउ


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं, झापा र कञ्चनपुरबाट बलात्कार आरोपमा तीनजना पक्राउ परेका छन् । 

५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको टोखा नगरपालिका-९ दिपज्योती बस्ने तनहुँ शुक्ला गण्डकी नगरपालिका-११ घर भएका ३१ वर्षीय कृष्ण बहादुर महतलाई प्रहरीले पक्राउ गरेको छ । महतले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 झापामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका-४ नयाँबस्ती बस्ने ३० वर्षीय मुसलिम अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । अन्सारीले ती किशोरीलाई सोही ठाउँस्थित मकैबारीमा घाँस काट्दै गरेको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

कञ्चनपुरमा ८० वर्षीया वृद्ध महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दोधारा चाँदनी नगरपालिका-७ टाउके टोल बस्ने ४० वर्षीय मुकेश क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ४ : ११ बजे

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू)

काठमाडौं– विद्यार्थी संगठनले खाली सिलिन्डर र थाल–कचौरा बोकेर नेपाल आयग

मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित

काठमाडौँ- युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई ‘युवा वर्ष मोती पुरस्कार, २०८२’

इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष