एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको घोषणा « Khabarhub

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको घोषणा


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कप खेल्ने १४ सदस्यीय टोलीको घोषणा गरेको छ । क्यानले ओमानसँगको अभ्यास खेलपछि रोहित पौडेलको कप्तानीमा अन्तिम १४ सदस्यीय टोली घोषणा गरेको हो ।

त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा मंगलबारदेखि सुरु हुने एसीसी प्रिमियर कपमा  १० टोली सहभागी हुनेछन् । प्रतियोगिताको उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

क्यानले घोषणा गरेको टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी र ललित राजवंशी छन् ।

त्यसैगरी, वैकल्पिक खेलाडीमा अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतो  छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ५ : २९ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल