आन्तरिक राजस्व संकलन न्यून « Khabarhub

आन्तरिक राजस्व संकलन न्यून


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालु आर्थिक वर्ष २०७९-८० को तेस्रो त्रैमाससम्मको आन्तरिक राजस्व असुली गत आवको सोही अवधिको तुलनामा साढे पाँच अर्बले न्यून देखिएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार चालु आवको चैत मसान्तसम्ममा आन्तरिक राजस्व संकलन तीन खर्ब ३७ अर्ब १० करोड २० लाख बराबर छ । गत आवको सोही अवधिमा सरकारले तीन खर्ब ४२ अर्ब ६५ करोड ८७ लाख बराबर कर उठाएको थियो । अहिले अर्थतन्त्रका विभिन्न क्षेत्रमा परेको असर सरकारी राजस्व असुलीमा पनि देखिएको हो ।

गत आवको सुरुआती नौ महिनाको आन्तरिक राजस्व संकलनको तुलनामा चालु आवको सोही अवधिमा पाँच अर्ब ५५ करोड ६६ लाख कम कर उठेको छ । जुन गत वर्षको तुलनामा दुई प्रतिशत बिन्दुले न्यून हो । चालु आवको चैत मसान्तसम्ममा सरकारले एक खर्ब ५० अर्ब २० करोड बराबर आयकर उठाएको छ । जबकी गत आवको यही अवधिमा रु एक खर्ब ६५ अर्ब ४५ करोड आयकर संकलन भएको थियो ।

नौ महिनामा मूल्य अभिवृद्धि कर (भ्याट संकलन) ७८ अर्ब ८९ करोड ६५ करोड बराबर छ । अन्तःशुल्कतर्फ ७४ अर्ब २८ करोड ९२ लाख बराबर असुली भएको छ । यही अवधिमा घरबहाल करतर्फ एक अर्ब ९७ करोड, स्वास्थ्य सेवा करतर्फ पाँच अर्ब २५ करोड र शिक्षा करतर्फ एक अर्ब २६ करोड बराबर उठेको विभागको तथ्यांकबाट देखिन्छ ।  

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको चैत मसान्तसम्ममा कूल सरकारी राजस्व संकलन भने वार्षिक लक्ष्यको ४७ दशमलव ६७ प्रतिशत बराबर मात्रै देखिएको छ । चालु आवका लागि सरकारले कूल १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा तेस्रो त्रैमास सकिँदासम्म सात खर्ब २४ अर्ब ४७ करोड ४३ लाख बराबर मात्रै राजस्व संकलन भएको देखिएको हो ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ६ : ३३ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।