पाकिस्तानका धार्मिक मामिलामन्त्रीको सडक दुर्घटनामा मृत्यु « Khabarhub

पाकिस्तानका धार्मिक मामिलामन्त्रीको सडक दुर्घटनामा मृत्यु


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानका धार्मिक मामिलामन्त्री मुफ्ती अब्दुल शकुरको सडक दुर्घटनामा परी मृत्यु भएको इस्लामाबाद प्रहरीले जनाएको छ ।

शनिबार आफैं गाडी चलाइरहेका मन्त्रीलाई चोकबाट पार गर्ने क्रममा पिकअप ट्रकले ठक्कर दिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“उहाँलाई दुर्घटनापछि तत्कालै अस्पताल लगिएको थियो, तर अत्यधिक आन्तरिक रक्तस्रावका कारण उहाँको मृत्यु भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

मन्त्रीको कारलाई ठक्कर दिने गाडीका चालकसहित गाडीमा सवार अन्य चार जनालाई हिरासतमा लिइएको छ ।

इस्लामावादका प्रहरी महानिरीक्षक अकबर नासिर खानले सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्रीको टाउकोमा गम्भीर चोट लागेको र यो उनको लागि घातक साबित भएको बताए ।

पाकिस्तानका राष्ट्रपति आरिफ अल्भी र प्रधानमन्त्री शाहबाज सरिफले शोक व्यक्त गर्दै दिवंगत मन्त्रीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ६ : ४१ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन