सत्तारुढ गठबन्धनको बैठक ३ बजे बस्ने « Khabarhub

 सत्तारुढ गठबन्धनको बैठक ३ बजे बस्ने


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ ।

जेठ ५ गते पेश गर्न खोजिएको नीति तथा कार्यक्रमबारे छलफल गर्नका लागि आज गठबन्धनको बैठक बस्न लागेको हो । बैठक आज दिउँसो ३ बजे बस्नेछ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीले सरकारमा रहेका र सरकारलाई समर्थन गरेका १० दलका नेताहरुलाई सो बैठकमा सहभागी हुनका लागि निम्तो दिएका छन् ।

सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम र जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउने तयारी गरिरहेको बेला सत्तारुढ गठबन्धनको बैठक आज बस्न लागेको हो ।

नेकपा माओवादी केन्द्र नेतृत्वको गठबन्धनमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत आबद्ध रहेका छन् ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ११ : ४३ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

खेलको १३ औं मिनेटमा रातोकार्ड पाएको एभर्टनले हरायो म्यानचेस्टरलाई

काठमाडौं – खेल सुरु भएको १३ औं मिनेटमा रातोकार्ड पाएको

‘एआईबारे नीतिगत ढिलाइले युरोपको भविष्य खतरामा पर्न सक्छ’

काठमाडौं – युरोपेली केन्द्रीय बैङ्कका प्रमुख क्रिस्टिन लागार्डले कृत्रिम बौद्धिकता

आज सीता र रामको विवाह पञ्चमी मनाइँदै

काठमाडौं – त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र

एनपीएल : आज लुम्बिनी र काठमाण्डु भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार