आरजुको भनिएको अडियोबारे तत्काल छानबिन गर्न नेविसंघको माग « Khabarhub

आरजुको भनिएको अडियोबारे तत्काल छानबिन गर्न नेविसंघको माग


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणाले दिएको उजुरीमाथि तत्काल छानबिन गर्न माग गरेको छ ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नक्कली अडियो छानबिनको लागि राणाले दिएको उजुरीमाथि तत्काल छानबिन गर्न माग गरेका हुन् । उजुरी दिएको धेरै दिन बित्दा पनि छानबिन हुन नसक्नु दुःखद रहेको भन्दै उनले तत्काल अडियोको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न माग गरेका छन् ।

देशकै इज्जतमाथि प्रश्न उठाउने गरी भएको नक्कली शरणार्थी प्रकरणमा सत्य सूचना थाहा पाउनु नागरिकको अधिकार रहेको उल्लेख गर्दै नेविसंघले शरणार्थी प्रकरणलाई लिएर निराधार र अपुष्ट सूचनाका कारण सञ्चारमाध्यमकै विश्वसनीयतामा गम्भीर प्रश्न खडा भएको जनाएको छ ।

त्यसैले, नागरिकको सो अधिकारको सम्मान गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गरी नागरिकलाई झुठो अफवाह र गलत सूचनाबाट दिग्भ्रमित हुनबाट रोक्नका निम्ति सञ्चारमाध्यमको भूमिका थप प्रभावकारी बनाउन नेविसंघले जारी गरेको विज्ञप्तिमा आग्रह गरिएको छ ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ६ : ०२ बजे

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक