आरजुको भनिएको अडियोबारे तत्काल छानबिन गर्न नेविसंघको माग « Khabarhub

आरजुको भनिएको अडियोबारे तत्काल छानबिन गर्न नेविसंघको माग


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणाले दिएको उजुरीमाथि तत्काल छानबिन गर्न माग गरेको छ ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नक्कली अडियो छानबिनको लागि राणाले दिएको उजुरीमाथि तत्काल छानबिन गर्न माग गरेका हुन् । उजुरी दिएको धेरै दिन बित्दा पनि छानबिन हुन नसक्नु दुःखद रहेको भन्दै उनले तत्काल अडियोको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न माग गरेका छन् ।

देशकै इज्जतमाथि प्रश्न उठाउने गरी भएको नक्कली शरणार्थी प्रकरणमा सत्य सूचना थाहा पाउनु नागरिकको अधिकार रहेको उल्लेख गर्दै नेविसंघले शरणार्थी प्रकरणलाई लिएर निराधार र अपुष्ट सूचनाका कारण सञ्चारमाध्यमकै विश्वसनीयतामा गम्भीर प्रश्न खडा भएको जनाएको छ ।

त्यसैले, नागरिकको सो अधिकारको सम्मान गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गरी नागरिकलाई झुठो अफवाह र गलत सूचनाबाट दिग्भ्रमित हुनबाट रोक्नका निम्ति सञ्चारमाध्यमको भूमिका थप प्रभावकारी बनाउन नेविसंघले जारी गरेको विज्ञप्तिमा आग्रह गरिएको छ ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ६ : ०२ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर