सरकारद्वारा मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा « Khabarhub

सरकारद्वारा मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले जनआन्दोलनमा घाइते भई केही दिन अघि निधन भएका मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जनआन्दोलनमा घाइते भएर केही दिनअघि निधन भएका मुकेश कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

जनआन्दोलनमा घाइते भएका मुकेशको वैशाख २७ गते मृत्यु भएको थियो ।

बैठकले एपिजी बैठकमा भाग लिन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेतृत्वको टोलीलाई स्वीकृति दिएको छ । त्यस्तै मोतीपुर सवस्टेशन निर्माणका लागि बाणगंगा नगरपालिकामा १५ बिगाहा जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन अधिकारी तोक्ने निर्णय भएको छ ।

त्यस्तै बैठकले बुटवल–गोरुसिंगे–चन्द्रौटा सडकको विस्तारित सडक सीमाभित्रका घर टहराहरू हटाई क्षतिपूर्ति दिने निर्णय गरेको छ भने तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्माण गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता शर्माले बताइन् ।

त्यस्तै प्रवक्ता शर्माले नागरिकता विधेयक प्रमाणीकरण गर्नु सरकारको भन्दापनि आम जनताको हतारोको विषय भएकाले यसलाई प्रधानमन्त्रीको भारत भ्रमणसँग जोडेर नहेर्न आग्रह गरिन् । उनले नागरिकता ऐन प्रमाणीकरणका लागि सरकारका तर्फबाट राष्ट्रपतिलाई कुनै दबाब नदिइएको स्पष्ट पारिन् ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ६ : ३४ बजे

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)